गायीका विपना अधिकारीको लोकदोहोरी गीत ‘आजीवन’ चर्चाको शिखरमा
काठमाण्डौं : गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ छोटो समयमै चर्चाको शिखरमा पुगेको छ। सो गित आजभोली सामाजिक संजाल टिकटकमा समेत भाइरल भएको छ। एक प्रेम जोडीले प्रेमी प्रेमिका प्रति आफ्नो मनभित्र रहेको प्रेम व्यक्त गरेको गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।
एल पि धमलाले निर्माण गरेको सो गितमा ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन छ ।पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्। साभारः पहिलो बोली
Please follow and like us: