गरिब परिवारको टहरो भत्काएर नयाँ पक्की घर बनाइदिए श्रेष्ठले

गरिब परिवारको टहरो भत्काएर नयाँ पक्की घर बनाइदिए अन्तत तुलसी श्रेष्ठले!

तुलसी श्रेष्ठले गाउँकै एक अत्यन्तै गरिब परिवारको जिर्ण अवस्थामा रहेको सानो टहरो घर भ’त्काएर सोही स्थानमै नयाँ पक्की घर निर्माण गरिदिएका छन्। केही दिनअघि सामाजिक सञ्जाल TikTok मा कुनै पनि स्थान नखुलाई सहयोगसम्बन्धी भिडियो पोस्ट भएपछि यो मानवीय कार्य सार्वजनिक भएको हो।

सामाजिक सञ्जालमा देखिएको भिडियोमा उक्त परिवार लामो समयदेखि चुहिने र बस्नै कठिन घरमा जीवन गुजारीरहेको देखिन्छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै अन्तत तुलसी श्रेष्ठले कुनै प्रचारबाजी नगरी शान्त रूपमा सहयोग गर्दै घर निर्माण गरिदिएको बुझिएको छ।

नयाँ पक्की घर पाएपछि उक्त परिवारका सदस्यहरू भावुक बनेका छन्। उनीहरूले तुलसी श्रेष्ठलाई जीवनमा आशा र भरोसा दिने व्यक्तिका रूपमा सम्मान गर्दै “भगवानसरह” मानेको भाव व्यक्त गरेका छन्। यद्यपि यो उनीहरूको भावना र कृतज्ञता मात्र भएको स्पष्ट देखिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यस कार्यको खुलेर प्रशंसा गर्दै यस्ता मानवीय कामले समाजमा सकारात्मक सन्देश फैलिने प्रतिक्रिया दिएका छन्। पछिल्लो समय अन्ताता तुलसी श्रेष्ठ सामाजिक सेवाका कारण चर्चामा रहँदै आएको छ।

#tulsishrestha

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button