सुदूरपश्चिम सरकार बेहाल ढुलावडा लाइ छेक्दैन रहेछ निसेदा्आले
धनगढी: नेकपा एमाले सुदुरपश्चिम संसदीय दलको आज बस्ने भनिएको बैठक अन्यौलमा परेको छ। मंगलबार बिहान साढे १२ बजे संसदीय दलको नेता प्रकाश शाहले बैठक बोलाएका थिए। माधव पक्षका सांसदहरुका बिच एक मत हुन नसक्दा बैठक बस्न नसकेको हो। शाहले आफु पक्षिय सांसदहरुलाई मात्रै बोलाएका थिए।
सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् । तर अब केन्द्रमा एमाले लगभग फुटने अबस्थामा पुगेपनि सुदुरपश्चिमका नेपाल पक्षका अधिकांश सांसदहरु एमाले छोड्ने पक्षमा नरहेको माधव पक्ष कै एक सांसदले बताए। माधव पक्षका केही सासदहरुले ओली पक्षका सांसदहरु सहितको बैठक बस्नु पर्ने माग गरेका थिए। एमालेका प्रमुख सचेतक तारालामा तामाङले बैठक बारे आफुलाई जानकारी नभएको बताए। उनले उल्टै प्रश्न गरे कसले भन्यो बैठक हो भनेर। ‘आज संसदिय दलको बैठक बस्दैन होला ,भोली सम्म बस्छ कि अली तयारी बाँकी नै होला, उनले भने,‘ हामी पार्टी एकता कै पक्षमा छौं ,के हुन्छ अब हेरौँ। ’
प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले अब के गर्ने भन्ने बिषयमा सल्लाह मै रहेको बताए। नेकपा एमालेले सोमवार मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।