सरकार कती लाचार न कोभिशिल्ड किन्न सक्छ,उता धनगढीमा स्वाव संकलनको काम समेत रोकीयो

शंकर दत्त भट्ट /मोतिराम चोधरी २४ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जनाएका हुन्।

यसअघि कोभिशिल्ड खोप बिक्री गरेको भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले नेपाललाई प्राथमिकतामा राखेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, “सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्र कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन।”

यसै विषयलाई लिएर स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिँदै तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको हो। अन्य कम्पनीका खोप खरीदका लागि कूटनीतिक तथा अन्य माध्यमबाट प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।, सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि धनगढी उप–महानगरपालिकाले ३ दिनका लागि स्वाव संकलन रोकेको छ सेती प्रादेशीक अस्पतालले स्वावको नमुना धेरै संकलन भएकाले ३ दिनका लागि स्वाव संकलनको काम रोक्न धनगढी उप–महानगरपालिका संग आग्रह गरेको हो ।

धनगढी उप–महानगरपालिका कोभिड फोकल पर्सन स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले सेती प्रादेशीक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाले स्वाव संकलन रोक्न भनेपछि शनिवार, आईतबार र सोमबारका लागि रोकेको बताए । त्यसपछि निरन्तरता दिईने पनि स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले बताए । हामीले लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणका लागि निशुल्क स्वाव संकलन गरिरहेका छौ, स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले भने, ‘त्यसको परीक्षण सेती प्रादेशीक अस्पतालले गर्छ ।’

संकलन गरिएको सबै नमुनाको परीक्षण गरिपछि धनगढी उप–महानगरपालिकाले पुनः निशुल्क स्वाव संकलन गर्छ, स्वास्थ्य निरीक्षणक उपाध्यायले भने, सेती प्रादेशीक अस्पतालमा भने संकलन जारी हुने बताईएको छ । स्वास्थ्य निरीक्षण उपाध्यायले नगरवासीको सजिलोका लागि यसरी सर्वसधारणलाई निशुल्क स्वाव संकलन तथा पिसिआर परीक्षण गर्ने सुविधा दिने धनगढीले मात्रै गरेको बताए । हामी एक बर्ष देखि निरन्तर स्वाव संकलन गरिरहेका छौं उपाध्यायले भने, स्वावको नतीजा सेती प्रादेशीक अस्पतालले उपलब्ध गराउने हो तर यहाँ नतीजा ढिलो आयो भनेर पनि उप–महानगरपालिका संग गुनासो आउने गरेको छ ।

धनगढी उप–महानगरपालिकाले आफ्नै परिसर अगाडी स्थापना गरेको स्वाव संकलन केन्द्रबाट स्वाव लिई गरिरहेको छ । कोरोना संक्रमणदर बढेसंगै स्वाव दिनेको संख्या अत्यधिक बढेको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालाको क्षमता कम भएकाले नतीजा आउन केहि ढिलाई भैरहेको हो । सेती प्रादेशीक अस्पतालमा रहेको प्रयोगशालाको स्वाव परीक्षण क्षमता दैनिक ४ देखि ५ सय हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button