कैलालीमा कोभिडका कारण थप निषेधाज्ञा, जनता रोग र भोग ले मर्ने भय सरकार कुर्सी तानातान

शंकर दत्त भट्ट/ मोतीराम चैाधरी धनगढी २८ बैशाख

कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ। सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले सो निर्णय गरेको हो।

कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निषेषज्ञा जारी गर्ने निर्णय भएको थियो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ। निशेधाज्ञा थप कडा पारिने भन्दै १५ बुँदा निर्णय गरिएको हो।

निर्णयः

१.सार्वजनिक निर्माणको हकमा निर्माण सामग्री, उपकरण र कामदार निर्माणस्थलमा नै राखी निर्माण कार्य गर्ने। सम्बन्धित निर्माण कार्यको लागि भनी निर्माणस्थल बाहिर सवारी साधन चलाउने वा मानिसहरु आवागमन नगराउने ।

२.अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रुपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्ने व्यवस्था मिलाउने। यस विपरित कर्मचारीको आवागमन एवं सवारी साधनको प्रयोग नगर्ने।

३.राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरी बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्ने।

४.नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने।

५.औषधि उपचार लगायत अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिन थप कडाई गर्ने।

६.अत्यावश्यक काम वाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न नपाइने।

७.स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने। तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल÷व्यवसायहरु मिति २०७८/०१/२८ गते देखि लागू हुने गरी हरेक मंगलवार, विहिबार र शनिबार बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्ने।यस अवधिमा समेत अत्यावश्यक मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न नदिने ।

८.राष्ट्रिय गौरव र महत्वका आयोजना÷परियोजना लागायतका सार्वजनिक निर्माण र विकास निर्माणका कार्य तथा उद्योग, कलकारखानालाई तपसिलका सुरक्षा तथा स्वास्थ्य मापदण्ड सहित सञ्चालन गर्ने

(क)श्रमिक र अन्य जनशक्ति अनिवार्य रुपमा कार्यस्थलमै रहनु पर्ने। निजहरुलाई खाना र बस्नको व्यवस्था कार्यस्थलमै गरी बाहिर जान र बाहिर रहेको परिवार, साथीभाइ, इस्टमित्रसँग सम्पर्क गर्न नदिने।

(ख)सबै श्रमिकको दैनिक ज्वरो नाप्ने, सबैले मास्क र सेनिटाईजर प्रयोग तथा साबुनपानीको प्रयोग गर्ने।

(ग)उद्योग तथा निर्माण कार्यमा संलग्न मजदूर कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा समूहगत रुपमा ओसारपसार नगर्ने।

(घ)संक्रमणको लक्षण देखा परेमा व्यवसायीले आईसोलेशनमा राख्ने।

९.बढ्दो अक्सिजन मागलाई दृष्टिगत गरी यस जिल्लामा हाल सञ्चालनमा रहेको एक मात्र अक्सिजन प्लान्टलाई २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने। साथै, उक्त अक्सिजन उत्पादन उद्योगहरुमा सुरक्षा निकायहरुले आपसमा समन्वय गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने।

१०.कोभिड–१९ को उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न अस्पतालहरुको पूर्वाधार अवस्था तथा उनीहरुले नेपाल सरकारले तोकेको शुल्क एवम् मापदण्ड अनुरुप कार्य गरे÷नगरेको सम्बन्धमा नियमित एवम् आकस्मिक अनुगमन गर्ने।

११.अक्सिजन आवश्यक पर्ने कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या बढिरहेको तर अक्सिजन सिलिण्डरको आपूर्ति बढ्न नसकेकोले सुरक्षा निकायहरुले आवश्यक समन्वय गरी यस जिल्लाका स्वास्थ्य संस्था बाहेकका अन्य विभिन्न प्रतिष्ठानहरुमा रहेका अक्सिजन सिलिण्डरहरुको तीब्रताका साथ खोजी तथा सङ्कलन गर्ने। यस कार्यमा कैलाली उद्योग वाणिज्य संघले आवश्यक सहयोग एवम् समन्वय गर्ने।

१२.तोकिएको मापदण्ड पालना भए/नभएको ’boutमा अनुगमन गर्न यस जिल्ला संकट व्यवस्थापन केन्द्रको मिति २०७७/०५/०१ गतेको बैठकको निर्णय नं.१ वमोजिम गठन भएको जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीलाई अनुगमनको लागि खटाउने।

१३.कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवाको सञ्चालन र परिचालन प्रभावकारी बनाउन जिल्ला अन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र परिचालन गर्ने। कुनै एम्बुलेन्स बिग्रेको वा मर्मत भएको भए सो को जानकारी दिने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने।

१४.श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूबाट मिति २०७८ साल वैशाख ३० गतेसम्म लागु हुने गरी जारी गरिएको आदेशलाई मिति २०७८ जेष्ठ ६ गतेसम्म (एक हप्ता) का लागि थप गर्न सिफारिश गर्ने।

१५.नेपाल सरकार, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, केन्द्रीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी ) बाट जारी भएका मापदण्ड, योजना तथा आदेशलाई पालना गर्नु सबैको कर्तव्य हुने हुँदा आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने व्यहोरा सूचनामार्फत सबैलाई जानकारी गराउने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button