नयाँ राइड सेयरिङ एप ‘लुजुम’ यात्रु सुरक्षाको ग्यारेन्टी गर्दै आयो

काठमाडौं । लकडाउन सकिएसँगै टूटल र पठाओ जस्तै नेपालमा राइड सेयरिङ सेवा दिने ‘लुजुम’ले सेवा थाल्दैछ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको बजारमा अर्को नयाँ एप ‘लुजुम’ अर्थात ‘लौ जाऔं’ थपिँदै छ । लुजुम कम्प्युटर सर्भिसेस प्रालिका कार्यकारी निर्देशक प्रतीक सुब्बा बजार अध्ययन र योजना बन्दाबन्दै चार वर्षअघि बनेको योजना अनुरूप सेवा सुरुवात गर्न ढिला भएको बताउँछन् ।

‘तर अब विशेष योजनाका साथ आउँदै छौं,’ उनी भन्छन्, ‘नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने योजना हामीले बनाएका छौँ । त्यसैले हामी अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिंग सेवा दिएर इन्टरनेट तथा स्मार्टफोन नभएका यात्रीलाई पनि जोड्ने तयारीमा छौं ।’ लुजुमले पहिलो चरणमा मोटरसाइकलमा यो सेवा दिनेछ । विस्तारै ट्याक्सी, तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), बोलेरो र स्कर्पियो रिजर्भलाई समेत जोड्ने तयारीमा कम्पनी जुटेको छ । सुरुवात काठमाडौंबाट हुने भएतापनि लगत्तै विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मूख्य तथा ठूला शहरमा लुजुमको सेवा विस्तार हुनेछ । डेनमार्क र अष्ट्रेलियामा अध्ययन गरेर फर्केका युवाहरु प्रतीक सुब्बा र डेनिस कार्की तथा सूचना प्रविधि कन्सल्टेन्ट गुञ्जा सुनुवारको समूहले यो योजना बुनिरहेको छ । जसमध्ये मोटरसाइकल राइड सेयरिङमा विराट मेडिकल कलेजको समेत लगानी रहनेछ । ट्याक्सी सेवा सुरु गर्दा त्यसमा विदेशमा रहमा विभिन्न व्यक्तिले लगानी गर्ने तयारी भइरहेको सुब्बा बताउँछन् ।

अनलाइन साथै अफलाइन सेवा
अब इन्टरनेटमा कनेक्ट नहुँदा पनि तपाईंले लुजुमको सेवा प्राप्त गर्न सक्नुहुनेछ । यात्रीहरूलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यका साथ लुजुमले अफलाइन सवारी बुकिंग सुचारू गर्नेछ । जसमार्फत यात्रीको फोन कलको आधारमा सवारीसाधनको सेवा पाउन सक्नेछन् । यात्रीले गरेको कलका आधारमा लुजुमले यात्रीले भनेको ठाउँमा सवारी पठाउने छ । फोन बुकिंगका लागि यात्रीले ९८०२३२३२३३/४/५/६ मा सम्पर्क गर्न सक्नेछन् । अनलाइनको लागि एन्ड्रोइड एप तथा आईओएस एप तयार भइसकेको छ ।

सुरक्षा कोष
यात्री र पार्टनरको सुरक्षाका लागि लुजुमले सम्पूर्ण सवारी साधनको सुरक्षा कोषको व्यवस्था गर्नेछ । केही दुर्घटना भएको खण्डमा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्र मार्फत व्यहोरिनेछ ।

महिला यात्रीले महिला चालक छनोट गर्न पाउने
महिला यात्रीको थप सुरक्षाको निम्ति सवारीसाधन निश्चित गर्नु अघि महिला यात्रीले महिला चालक छनौट गर्न पाउने छन् । उपलब्धताका आधारमा त्यस्तो अवस्थामा महिला यात्रीलाई महिला पार्टनर नै उपलब्ध गराउने कम्पनीको योजना छ ।

सुरुवाती यात्रीलाई विशेष सेवा
लुजुमले आफ्ना यात्रीप्रति लक्षित गर्दै सबैभन्दा सुरुवाती समयमा यात्रा गर्ने ५५ जना यात्रीलाई ५ वर्षका लागि मासिक रूपमा केही निःशूल्क यात्राको सेवा प्रदान गर्नेछ ।

वार्षिक भ्रमण
लुजुमको सवारी सेवा प्रयोग गरी विश्वव्यापी पर्यटकीय गन्तव्यहरू भ्रमण गर्ने अवसर समेत उपलब्ध हुने उल्लेख गरिएको छ । प्रत्येक महिना एक यात्री वा पार्टनरले यो आवसर पाउनेछन् । लुजुममार्फत यात्रा गर्दा तपाईंले विशेष कोड प्राप्त गर्नुहुनेछ । जसको सहायताले तपाईंले विश्वभरका विभिन्न पर्यटकीय गन्तव्यको लागि उपहार स्वरुप दोहोरो टिकेट जित्न सक्नुहुने छ ।

पार्टनरलाई मोबाइल डेटा र इन्धन खर्च
लुजुमले आफ्ना पार्टनरको परिश्रम र समयको कदर गर्दै उनीहरुको सहजता र हौसला बढाउन केही योग्य पार्टनरहरूलाई आवश्यक मोबाइल डेटा र इन्धन खर्च उपलब्ध गराउने योजना समेत बनाएको छ ।

बाल शिक्षा
लुजुमले आफ्ना पार्टनर साथै तिनका परिवारको सशक्तिकरणमा ध्यान पुर्‍याउने उद्देश्यका साथ प्रत्येक महिना सर्वोत्कृष्ट पार्टनर मध्ये एक जनालाई बालकको शिक्षामा सहायता पुर्‍याउने प्याकेज पाउनेछन् ।

स्पट बुकिंङ
लुजुमले स्पट बुकिङ नामक अर्को नयाँ सुविधा समेत ल्याउने छ । जसमा पार्टनरहरूले बीचबाटोबाट तत्कालै यात्रीलाई चढाउन सक्नेछन् । लुजुमका सेवाग्राही यात्री नभए पनि सेवा दिएर पार्टनहरूले थप बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button