न बलत्कारी ले सजाय पाय न पिडितले न्याय पाए

देवराज भट्ट/कन्चनपुर

सुदूरपश्चिम प्रदेश कन्चनपुर ३  वर्षअघि बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

निर्मला पन्तका अभिभावकसहित नागरिक संघर्ष समितिले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएको हो ।निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताइन् । अधिकारकर्मि शारदा चन्द ले नया सरकारले छिटो भन्दा छिटो हत्यारा लाई कानुनी काठघारा ल्याउन जोड्दार माग गरेकी छन् साथै आजै बेलुका निर्मलाको आत्माको शान्तिका लागि महेन्द्रनगर बजारको मदनचोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम पनि तयगरिएकोउनले जानकारी दिइन् ।

घटना भएको तीन वर्ष पूरा भइसक्दासमेत निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान गर्न सकिएको छैन । अझैसम्म पनि वास्तविक दोषीको पहिचान खुल्न सकेको छैन ,साथै आन्दोलन मा घाइते ब्यक्ति हरुलाई समेत हाल सम्म घाइतेको उपचार , क्षतिपूर्ति दिइएको छैन राज्य ले अरबै रुपैयाँ राजनीतिक दलको नेता हरु लाई उपचार खर्च सरकारले व्यहोर्ने तर घाइते हरुको राज्य ले बेवास्ता गरेको कुरा घाइते सुरेन्द्र देउवा ले गुनासो गर्नु भएको भयको छ। बलात्कारी को पत्ता लागोस् र घाइते हरुको यथासिघ्र उपचार को ब्यबस्था राज्य ले गरोस।

कन्चनपुर नागरिक समाजले एक प्रेस विज्ञप्ति मार्फत न्यायका लागि आवहान गर्नु भएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button