अपाङ्गता संगै क्यान्सर पिडित बालिका माथि बलत्कार कन्चनपुरको धरमपुरमा कुकर्म

सुरेन्द्र देउवा सुरी महेन्द्रनगर २८ जेठ 

कंचनपुर को बेदकोट ५ धरमपुर मुक्तकमैया शिबिर मा सामुहिक बलात्कार परेकी बालिका एक हात अपांग र ब्रेस्ट क्यान्सर पीडित हुन अहिले सम्म उपचार नपाएर उनको ब्रेस्ट बाट पिढीत थिइन्  यस्तो अवस्था पनि बलात्कारी हरु ले सामुहिक बलत्कार गरेको परिवार ले दुःखेसो गर्नुभयो। एक हप्तामा २ वटा बलत्कारका घटना घटेका छन् । बिहिवार एक अशक्त युवती माथी सामुहिक बलत्कार भएको छ । वेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

मुक्त कमैया शिविरमा बिहीबार दिउँसो आमा घाँस काटन गएकी तथा बुवा काममा बाहिर गएको घरमा कोही नभएको मौका छोपी २ जना युवकले बलत्कार गरेको पारिवारि स्रोतले जनाएको छ ।

“आफनै गाउँका चिनेको दाजुभाई हरु घरमा आए अनि पेय पदार्थ खान दिए त्यसमा नशालु औषधी हालेको थाहा पाएन मैले खाए” । “पिडित युवतीले भनिन्, त्यस पछि म बेहोश भएछु केही थाहा नै भएन् ।” पिडित युवतीको बाँया हात नचल्ने तथा छातीमा क्यान्सर भएको उनको परिवारका सदस्यले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाले वेदकोट नागरपालिका ६ का २३ बर्षीय धनबहादुर विकलाई पक्राउ गरेको र अर्का एक जना फरार रहेको जानकारी दिए । फरार रहेका अर्का युवकको खोजी भईरहेको उनले बताए साथै यस्ता बलात्कारी हरुलाइ  फाँसीको सजाय हुनुपर्ने स्थानीय बासिन्दाले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button