अस्मिता को अस्मिता लुटियो दिन दहाडै

सुरेन्द्र देउवा सुरी  कन्चनपुर

अस्मिता को अस्मिता लुटियो दिन दहाडै

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ८ जमरानी आधारभुत स्वास्थ केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामी यहि असार २ गते Covid 19 बाकी रहेको खोप जोगबुढा अस्पतालमा फिर्ता पुगाउने क्रममा हट्वानी सामुदायिक बनमा बीभत्स हत्या गरेको अवस्थामा आज असार ५ गते उनको शब फेला परेको छ। दिन दहाडै नेपाल सरकारको सेवक, जनताको सेवामा डिउटीमा रहेको बेला उनको बीभत्स हत्याले मानवता लजास्पद भएको छ , अस्मिता धामिको हत्या पछि उनका सहकर्मी हरु मा शोक का साथै डर छाएको छ , यस्ता जघन्य आपत्ती जनक अमानवीय र अकल्पनीय घटनाको समाजसेवी बुद्धिजीवी गाँउलेहरुले घोर भर्सना गरेका छन, दिन प्रतिदिन दण्डहीनता बढेकाले समाजमा हत्याहिंसा बढेका छ, प्रहरी प्रशासन शसक्त रुप मा प्रस्तुत नहुनु र अपराधीले राजनीतिक संरक्षण पाउनुले अपराधीको मनोबल बढेको छ , यसकारण समाजमा भैरहेका यस्ता अपराधी घटनामा प्रहरी प्रशासले तत्काल सत्य तत्थ छानबिन गरि दोषिलाइ हदै सम्मको कार्वाही गरियोस यस्ता अपराधी मानसिकतामा रहेका मान्छेहरु जब सम्म समाजमा छन तब सम्म हजारौं नारीको अस्मिताको अस्मिता लुटि रहने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button