कुमारी बैंक लि.द्वारा नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग

शंकर दत्त भट्ट/ काठमाडौं

कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको हो ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत श्री रामचन्द्र खनालज्यू तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्री जनक भट्टराईज्यूले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गर्नु भयो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै बैंकका प्रमुख संचालन अधिकृत श्री रामचन्द्र खनालज्यूले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराउनु भयो । साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिनु भयो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री जनक भट्टराईज्यूले बैंकले ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गर्नु भयो । साथै, अनुशासित सवारी आवगमन हुने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा काठमाडौ महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष श्री भरतलाल श्रेष्ठज्यूले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहने विचार व्यक्त गर्नु भयो । समाजमा शान्ति, सुरक्षा कायम गर्न लगायत विभिन्न जनहितका कार्यहरुमा दत्तचित्त भएर समर्पित ट्राफिक प्रहरीका गतिविधिहरुलाई आगामी दिनहरुमा अझ प्रभावकारी सहकार्यहरु मार्फत सहयोग गर्दै जान बैंक प्रतिबद्ध रहेको छ । साभारः  Kumari Bank Limited

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button