जनजागरण पार्टी नेपाल र समाजसेवी अगुवाहरूको सक्रिय उपस्थितिमा प्रदेश स्तरीय भेला सम्पन्न

कमलेश चाैधरी/ वसन्त वोगटी

सोज २१, लालगढ धनुषा। जनजागरण पार्टी नेपाल, प्रदेश नम्बर २ अन्तरगत रहेका आठवटै जिल्लाका ५० भन्दा बढी समाजसेवी अगुवाहरूको सक्रिय उपस्थितिमा प्रदेश स्तरीयभेला सम्पन्न भएको छ। सो भेला आयोजक समितिका संयोजक किरण राईको सभापतित्वमा लालगढ स्थित बौवा होटलमा जुटेको सो कार्यक्रमलाई जनकपुर निवासी पार्टी केन्द्रीय विस्तारित समिति सदस्य विनोद कुमार यादवले कुशलतापूर्वक सञ्चालन गरेको सो कार्यक्रममा सो पार्टीका केन्द्रीय अध्यक्ष डा. बि. पी. खनाल प्रमुख अथिति रहनुभएको थियोे भने सहअध्यक्ष श्री सुनिल महर्जन विशेष अथिति हुनुहुन्थ्यो । सो कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष निमटोलमा आचार्य, स्थायी समिति सदस्य तथा सामाजिक सेवा विभाग संयोजक अभिषेक उप्रेती, प्रदेश नम्बर १ कार्यसमिति कोषाध्यक्ष तथा संगठन विभाग प्रमुख राजेश भण्डारीसमेतको उपस्थिति रहेको थियोे । स्थानीय बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा र पत्रकारहरूको जमघट रहेको उक्त कार्यक्रममा जनजागरण पार्टी नेपाल के, किन र कसरी भन्ने कुरा प्रष्ट गर्दै केन्द्रीय स्थायी समिति सदस्य अभिषेक उप्रेती, सहअध्यक्ष र अध्यक्षले प्रशिक्षणात्कम मन्तव्य दिनुभएको थियो ।

भेला संयोजक किरण राईको अध्यक्षतामा सो भेलाले प्रदेश कार्यसमिति गठन गरेको छ, जसमा कृष्ण लामा – उपाध्यक्ष, विनोदकुमार यादव – सचिव, महेशकुमार यादव – कोषाध्यक्ष, बाबुलाल कुसवाह – सहसचिव चयन हुनुभएको छ भने सदस्यहरूमा क्रमस: कामदेव यादव (महोत्तरी), शम्भु धामी (महोत्तरी), नवीन शाह (महोत्तरी), कर्ण जोशी (सर्लाही), जगजीत कुमार महरा – (सिराहा), दिपेन्द्र कुमार राम (पर्सा), शिलास श्रेष्ठ (बारा), नवल राय (रौतहट), सुर्य बहादुर बि.क. (महोत्तरी), छविलाल बराइली (महोत्तरी), अशोक राम (सिराहा), सहजलाल महरा (धनुषा) रहनुभएको छ। नवगठित प्रदेश कार्यसमितिमा केही हप्ताभित्रमा नै सप्तरी जिल्लासाथै महिला प्रतिनिधित्व गराउनेगरी कार्यसमिति विस्तार गर्ने जिम्मेवारी पनि सो समितिलाई दिइएको व्यहोरा पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button