चर्चको विकास, विस्तार नभई देश बन्दैनः नेता चौधरी

छुवाछुत न्यूनिकरण गर्न चर्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

काठमाडौं

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकिकृत समाजवादी) पार्टीका जल्दाबल्दा नेता मेटमणी चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला चर्च सम्मन्धी उनले दिएको अर्को अभिव्यक्तिको भिडियोले यतिखेर चर्चा पाएको छ ।

नेकपा एमाले विभाजन गराउँनु पर्छ भनेर सबैभन्दा धेरै प्रेसर गरेर माधव नपाललाई साथ दिने मध्यका एक प्रमुख नेता मेटमणी चौधरीले चर्चको विकास र विस्तार नगरि मुलकको विकास हुन नसक्ने ठोकुवा गरेका छन् । सांसद चौधरीको चर्च कनेक्सनका बारेमा विभिन्न टिका टिप्टपणी भइरहेका बेला उनले ख्रिस्टीएन समूदायको एक कार्यक्रममा बोलेको भिडियो यतिखेर सामजिक संजालमा भाइरल भएको छ । ख्रीष्टमस याली तथा महोत्सब २०१८ नाम दिएको कार्यक्रममा मन्तव्य दिँदै सांसद चौधरीले यशु ख्रिष्टको व्यापक प्रशंसा गरेका छन् । मन्दिरको मात्रै विकासले मुलकको विकास हुन नसक्ने भन्दै सांसद चौधरीले मन्दिरको विकास भइरहेको जसैगरि चर्चको पनि विकास गरेर मुलुको विकास गर्नु पर्ने बताएका छन्। यशु ख्रिष्टको बयान गरेर नथाकेका चौधरीले यशु ख्रिष्टले भनेजस्तै संसारमा पाप बाट मुक्ती पाउँने हो भने ख्रिष्टको सम्बृद्धी अनिवार्य भएको बताएका छन् ।

सबैखालका पाप, अत्याचार, र दमन बाट मुक्तिका लागी येशु ख्रिष्टको जन्मभएको भन्दै चौधरीले आफनो नजरमा सबै धर्म बराबर भएको भन्दै चर्चको विस्तारको लागी आफुले बजेट दिँदै आएको बताएका छन् । यो बर्ष १०लाख दिएको र आगामी बर्ष चर्चको विस्तारका लागी थप बजेट दिने घोषणा गरेका थिए । कार्यक्रममा पास्टरले भन्दा चर्को भाषण गरेका सांसद चौधरीले चर्चको विस्तार गर्न कति रकम चाहियो भनेर आफुलाई योजना पेस गर्न अनुरोध गरेका थिए । यती चाहियो भनेर भन्ने हो भने आफुलाई त्यहि अनुसार बजेट दिन सजिलो हुने उनले बताएका थिए । विश्व समुदायलेनै आएर प्राथना गर्न सकिने सुविधा सम्पन्न भव्य चर्च नबउँनु पर्नेमा सांसद चौधरीले जोड दिएका थिए । साभारः एम बि खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button