दक्षिण कोरियामा नेपाली श्रमिक मृत फेला

रोजगारको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपाली युवा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । ईपीएस (EPS) प्रणाली मार्फत दुई वर्षअघि कोरिया गएका सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला गोदावरी नगरपालिका निवासी सागर कार्कीको आकस्मिक निधन भएको छ । घटनापछि कोरियामा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन् ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाले घटना प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । समाजले शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ । अप्रत्याशित रूपमा भएको यस दुःखद घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भावुक बनाएको छ ।
समाजका अनुसार पार्थिव शरीर नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको छ । यसका लागि नेपाली राजदूतावास दक्षिण कोरिया तथा सम्बन्धित निकायहरू सँग समन्वय भइरहेको जनाइएको छ । साथै, कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था र समुदायलाई आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरिएको छ l

