– “म सक्किने र नसक्निे भन्ने कुरा मेरो ब्यबहार र मेरो गलत कदमले देखाउने छ त्यसैमा कसैले सक्कियो भन्दैमा म सक्किदैन ।” लेखराज भट्ट

अत्तरिया – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लेखराज भट्टले अब लेखराज भट्ट सिधिन्छन भन्नेहरु आफै सकिएर जाने समेत बताएका छन् । आज अत्तरिया स्थित आफ्नै निजी निवासमा गोदावरी पत्रकार मञ्चका पदाधिकारीसंगको भेटघाट कार्यक्रममा उनले कसैले आफु सिधियो भन्दैमा नसकिने बताएका हुन् ।

माओवादी केन्द्र छोडेर एमालेमा गएपछि अब कैलाली क्षेत्र नं ४ मा लेखराज भट्टको राजनिति सकिन्छ भन्नेहरुलाई आफ्नो ख्याल गर्न उनले आग्रह गरेका हुन् । “लेखराज सिधिन्छन भन्नेहरु पहिला आफ्नो ख्याल गर्नुहोला आफ्नो आचरण , आफ्नो स्वभाव र कार्यशैलीहरुमा सुधार गर्नुहोला” उनले भने – “म सक्किने र नसक्निे भन्ने कुरा मेरो ब्यबहार र मेरो गलत कदमले देखाउने छ त्यसैमा कसैले सक्कियो भन्दैमा म सक्किदैन ।”

उनले आफ्ना गल्ती कमीकमजोरीहरुलाई आत्मसमिक्षा गर्दै संस्थापन केपी ओली नेतृत्वमै गोलबद्ध भएर लाग्न सुझाव दिएका छन् । उनले हिजो जुन उध्ेश्यका साथ नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेकपा पार्टी बन्यो आफु अहिले पनि त्यही पार्टीमा रहेको बताए ।

“हिजो हामी जुन उध्ेश्यक , मर्म र भावनाका साथ एकजुट भयौ आज पनि हामी एकजुट छौ उनले भने -” अहिले सम्म कुनै पनि सरकार ५ बर्ष चल्न सकेको छैन तर हामीले दुई तिहाई बहुमत भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तता दिनुपर्छ भनेर यसमै लाग्यौ । ”

यस्तै उनले अदालतको परमादेशवाट बनेको गठबन्धनको सरकार अब धेरै दिन नटिक्ने बताएका छन् । उनले संबिधानको मर्मविपरित सर्बोच अदालतको फैसालावाट बनेको गठबन्धनको सरकार अपवित्र भएकाले अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् ।

उनले जनताको दुई तिहाई बहुमतवाट बनेको सरकारलाई आन्तरिक र बाह्रय शक्तिहरुले नपचाएको बताए । उनले आफ्नै पार्टी भित्रैवाट असहयोग हुदाँ प्रधानमन्त्रीको हैसियतले अध्यक्ष केपी शर्मा ओलीले नयाँ जनादेशमा जानुपर्छ भनेर अघि बढ्दै गर्दा अदालतको परमादेशवाट सरकार बन्न पुगेको उनको भनाई रहेको छ ।

उनले अहिले गठबन्धनको सरकार भित्रै अन्तरबिरोध हुदाँ सरकार गठन भएका दुई महिना सम्म पनि मन्त्रीमण्डल बिस्तार हुन नसकेको बताए । नेकपा एमालेका सुदूरपश्चिम इञ्चार्ज समेत रहनुभएको नेता भट्टले अहिलेको गठबन्धनको सरकार भित्रपनि आपसी मनमुटाबहरु सिर्जना भैसेककाले अब यो सरकारले पनि छिट्टै जनादेशमा जानुपर्छ भनेर चुनाबको घोषणा गर्ने बताएका छन् ।

यसले हिजो केपी ओली ठिक थिए भन्ने कुरालाई पुष्टि गरेको उनको भनाई छ । उनले अहिले पनि संस्थापन पक्षनै बलियो रहेकाले ढिलो चाडो सबै केपी ओलीसंगै गोलबद्ध हुनुपर्ने बताए ।

उनले पार्टी र देशको बिकासमा नभई ब्यक्तिवादी राजनिती भएपछि पार्टी विभाजन हुन पुगेको बताए । उनले पार्टी अहिले नभई बहुमतको आधारमा अध्यक्ष केपी शर्मा ओली लगाएतलाई बहुमतको नाममा साधारण सदस्य समेत नरहने गरी कारबाही गरेदेखी नै पार्टी विभाजन भएको उनको भनाई छ । साभारः godawarinews.com

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button