“धर्म परिवर्तन” को थाल ठटाएर जनतालाई सचेत गराउनुहोस्। डा.विपि खनाल
प्रधानमन्त्री ज्यूले मेलम्ची र हेलम्बूका बाढीपीडितलाई सान्त्वना दिँदा ‘धर्म परिवर्तन’को कुरा उठाउने दुस्साहस गरेको सुनेपछि भन्न कर लाग्यो: आफ्नो लाज उदाङ्गो भएको बेला कोही अर्कालाई कुरीकुरी भन्न अघिसर्छ रे, त्यस्तै भयो । राज्यको बागडोरमा रहेको बेला लोककल्याणकारी सोचबाट पलायन भैसकेको मान्छेले बोल्ने यस्तै हो । सिङ्गै मेलम्चीले धर्म परिवर्तन गर्ला भनेर त्राश व्यक्त गर्नुभन्दा पहिले उहाँले आफ्नो कर्तव्य सम्झनुपर्ने थियोे, लगत्तै त्यहाँ पुगेर सर्वस्व गुमाएका नागरिकहरूलाई ढाडस दिन सक्नुपर्थ्यो। हिजोसम्म बाढी पीडितहरूले काठमाडौमा सरकार पनि छ भनेर आशा गर्न किन पाएनन्? आफ्नै लाज ढाक्न छाडेर अर्कोलाई कुरीकुरी भन्न अघिसर्ने लबस्तरो पारा सबैलाई थाहा भैसकेको छ। राहत-उद्धारको काममा सधैंझै यसपटक पनि राज्यभन्दा अगाडि धार्मिक समुदाय सक्रिय छ, र त्यसमा पनि ख्रीष्टियनहरूले सेना र सरकारलाई उछिनेर उद्धार-राहतको काम गरेको सबैले देखेका छन्। त्यसकारण महामहिमलाई डर भयो, विपत भोगेका मानिसहरूले सरकारको जयजयकार नगरेर कतै ख्रीष्टियनहरूको प्रशंसा गर्लान्! कर्तव्य पालनमा आफू अग्रसर नहुने र तत्काल राहतमा जुटेका मानिसहरूप्रति धन्यवादी पनि बन्न नसक्ने प्रम ज्यूको यो कृतघ्नता नितान्त भर्त्सनायोग्य छ! स्मरण गरियोस्, मेलम्चीतिर मात्रै होइन, उता मनाङमा पनि धार्मिक समुदायहरू राहतमा सक्रिय छन्। त्यहाँ पनि ख्रीष्टियनहरूले पटकपटक राहत बाँढिसके! त्यहाँ पुगेर “धर्म परिवर्तन” को थाल ठटाएर जनतालाई सचेत गराउनुहोस्। साभारः फेसबुक विपि खनाल