अध्यक्षमा पास्टर देबेन्द्र राना

गगन बि.क सुदूरपश्चिम प्रदेश

आज  लम्की चुहा नगर इसाई समाज को  साधरण सभा बाट बिलिभर्स चर्च का पाष्टर देवेन्द्र राना सर्व सम्मत  चयन हुनुभएको छ साथै निजको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्यसमितिको गठन गरियको छ । कार्यक्रममा सुरुवात को प्रार्थना कर्णाली ए जि चर्च का पाष्टर जित बाहादुर वड ले गरेर साधारण सभा को औपचारिक कार्यक्रम सुरु गर्नु भएको थियो ।

स्थापना काल देखि आजको दिन सम्म निरन्तर ईसाई जगत मा परमेश्वरको राज्य वृद्धि गर्नको लागि कार्य गरेको लम्किचुहा नगर ईसाई समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। जसमा लम्कीचुहा नगरपालिका भरिका ३२ वटा चर्च बाट ५० जना एल्डर पाष्टर को सहभागिता रहेको थियो ।

नयाँ कार्यसमितिको लागि आशीर्वाद र कार्यक्रम को अन्तिम प्रार्थना पनि पा.जित बाहादुर वड ले नै गर्नु भयको थियो ।

सर्वसम्मती बाट अध्यक्ष चयन भै सके पछि पा.देवेन्द्र राना ले यश लम्कीचुहा नगर ईसाई समाज लाई नयाँ उचाईमा पुराउने र ख्रीष्टियन जगत तथा समाज बिकास का काम लाई पहिलो प्रार्थमिकता दिनेछु भनेर प्रतिवद्वता पनि जनाउनु भयको थियो। पास्टर देबेन्द्र राना बिगत २० बर्ष देखि निरन्तर सेवा मा लागिरहनुभएको।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button