सुन्दर नेपाल सरसफाई अभियान संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

ललितपुर २९ भदो

आज सुन्दर नेपाल सरसफाई अभियान संस्थाको तेस्रो बार्षिक साधारण सभा ललितपुरस्थित एक होटलमा सम्पन्न भएको छ । विभिन्न जिल्लामा सो संस्था सरकारी निकाय लगायत जनसमुदायसँग मिलेर सरसफाई लगायत आयमूलक कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी सोही संस्थाका राष्ट्रिय निर्देशक विरबहादुर तामाङ बताउनु भयो । नेपाल सरकारलगायत दातृनिकायले थोरै रकममा पनि धेरै कार्य भइरहेको समेत जानकारी गराउनु भएको थियो ।

सो सभामा अर्को वर्षमा बजेट, कार्यक्रम र योजना सर्वसमतबाट पारित गरिएको थियो ।

अध्यक्ष डिल्लीराम पौडेलले अझ व्यवस्थित र प्रभावकारीरुपमा अगाडि बढ्ने जनाउनु भयो । कति कमजोरीका बाबजुत पनि कार्यक्रम भइरहेको छ ।

चितवन जिल्लामा सुन्दर नमुनाको बस्ती बनाउने योजना समेत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button