के चर्चभित्र पनि हिन्दुवादी छुवाछुत, जातीय व्यवस्था र ब्राह्मणवादी मानसिक्ताकाे हावी छ ?थोमस बोगटी

उपेस नौवाग /ललितपुर

के चर्चभित्र पनि हिन्दुवादी छुवाछुत, जातीय व्यवस्था र ब्राह्मणवादी मानसिक्ताकाे हावी छ ? येशू ख्रीष्टमा विश्वास गरेर पनि कसरी इसाइले अरू अवस्थाकाे अभ्यासलाइ अंगिकार गर्न पुग्याे ? शैतानले कसरी उल्लु बनाइरहेकाेछ याे नेपाली र भारती इसाइ जगतलाइ ?

एक अर्कालाइ कसरी प्रेम गर्न कति पटक इसाइहरू भुल्छन् त ? दलित भनिने हिन्दु व्यवस्था लगायत ब्राह्मण भनिने हिन्दु व्यवस्थाले कसरी चर्चमा ठूलाे बाधाकाे रूप लिएर सुसमाचारलाइ अल्झाइरहेकाे छ त ?

एक बाबु थियाे । उसले ब्राह्मण र जनजातीकाे जनसंख्या बढी भएकाे चर्चमा गएछन् । त्यहाँ तिनलाइ ठूलाे भेदभाव गरेकाे महशुश गरे । उनी गरिब थिए तर उनी हिन्दु व्यवस्था अनुसार माथिल्लाे जातकाे थिए । तै पनि उनले ठूलाे विभेद सहनुपर्याे भनेर गुनासाे गर्दै मेराे सामु अाएकाथिए । भन्नाले, एक प्रकारकाे हिन्दु मानसिक्ताले भरिएकाे इसाइहरूकाे बारेमा उनले ठूलाे गुनासाे गरे । उनीसँग नबाेल्ने, उनलाइ केहि बाेल्न नदिने, बहिस्कार गर्ने, मानसिक तनाव दिइएकाेरहेछ ।त्यसरी नै अर्काे बाबु पनि मलाइ थाहा छ । उनी हिन्दु व्यवस्था अनुसार कथित दलित जनसंख्या बढी भएकाे इसाइहरूकाे चर्चमा गएछन् । त्यहाँ ती माथिल्लाे जातकाे बाबुलाइ हेप्ने र उसकाे नजिक पनि नअाउने काम भयाे । तसर्थ दुबै माथिल्लाे जात र तल्लाे जात भनेर कथित पहिचान पाएका इसाइहरू दुबैमा हिन्दु मानसिक्ता अभ्यास भइरहेकाे छ र शैतानले उल्लु बनाएकाे छ ।

उता, गैर इसाइ जगतमा, कथित तल्लाे जातमाथि हजाराै वर्षदेखि दुर्व्यवहार मात्र हाेइन तर हत्य, बलत्कार जस्ता जघन्य अपराधहरू गरेर अशान्ति मचाएकाे थियाे । यद्यपि, दलितले समान्ता पायाे र उसले प्रगती गर्न थाल्याे भने,उसले पनि त्यही व्यवहार नगर्ला भन्ने कुनै शंका छैन । त्याे दलित जनसंख्या बढी भएकाे चर्चमा गएका बाबुले निकै दुखदायी भेदभाव सहनुपरेकाे घटनाहरूले सबैकाे अाँखा खाेलाेस् । त्याे माथिल्लाे जात र जनजाति जनसंख्या बढी भएकाे चर्चमा गएका बाबुले निकै दुखदायी भेदभाव सहनुपरेकाे घटनाहरूले सबैकाे आखा खाेलाेस् ।

याे सबै पाैराणिक सामाजिक संरचानाकाे कारणले भएकाे हाे । अरू धेरै राष्ट्रहरूमा पाैराणिक सभ्यतामा यस्ताे जन्मसिध्द संरचनाहरू हटेर गए तर नेपाल, भारत र त्यसकाे वरिपरि रहेका राष्ट्रहरूमा अझै पनि त्यस्ता सामाजिक संरचना हिन्दु व्यवस्था अनुसार अभ्यास भइरहेकाछन् ।

तसर्थ, नेपाली इसाइ जगतमा ती पाैराणिक सामाजिक संरचनाकाे ठूलाे प्रभाव हावी भएकाे छ । हिन्दुका जातीय विभेदकाे मनस्थितिले मानिस इसाइ बन्न सक्दैन । हिन्दु जातीय सामाजिक संरचना वर्तमानमा पनि अभ्यास गर्ने हाे भने, नेपाल र भारत अझै पनि पाैराणिक, अविकशित र प्राचीन युगमा फर्किरहनु हाे । त्यस्ताे खालकाे सामाजिक संरचना याे युगकाे लागि असान्दार्भिक छ र हिन्दुशास्त्रबाटै ती मेटाइनुपर्छ, परिमार्जन गरिनुपर्छ वा नयाँ शास्त्र तयार गरिनुपर्छ जहाँ नयाँ सामाजिक संरचनाकाे कलपना छ जुन याे युगकाे लागि सान्दर्भिक छ । यद्यपि, पाैराणिक युगमा पनि, जातीय व्यवस्थामा रहेकाे असामान्ता र व्यवहर अवस्य पनि असान्दर्भिक, अमानवीय र शैतानिक थियाे ।

के तपाइ बढी जनजाती र कथित माथिल्लाे जातकाे जनसंख्या बढी भएकाे चर्चमा जानुभएकाे छ ? त्यहाँ के अनुभव गर्नुभयाे ? के तपाइ बढी जनजाती र र कथित तल्लाे जातकाे जनसंख्या बढी भएकाे चर्चमा जानुभएकाे छ ? त्यहाँ के अनुभव गर्नुभयाे ? अथवा के तपाइ कुनै चर्चमा माथिल्लाे जात वा तल्लाे जात वा जनजात मध्ये एक बढी भएकाे चर्चमा पुग्नुभएकाे छ ? तपाइले के अनुभव गर्नुभयाे ? मलाइ बताउनुहाेला । भेदभाव नै देख्नुभयाे हाेइन । कस्ताे भेदभाव त ? हिन्दु मानसिक्ताकाे भेदभावी बढी देख्नु भएन त ? देख्नु भयाे नि हाेइन र ? तब, कसरी शैतानले उल्लु बनायाे त ? उल्लु बनयाे नि ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button