रामप्रसाद न्यौपानेको सङ्घर्षशील वर्तमान र भविष्य

म देशका लागि काम गर्छु

 

म देशका लागि काम गर्छु रामप्रसादजीका आफ्नै शब्दहरूबाट तयार गरिएको संघर्षशील वर्तमान र भविष्यको बेली विस्तार

म हेर्दा अस्थिर जस्तो लाग्न सक्छ तर म अन्याय जाल षड्यन्त्र सहन नसक्ने र दासत्व जीवन अस्वीकार गर्ने एक बिद्रोही हुँ म!

*२०३७ सालमा जन्मेको म मुलवासी जुम्लीको छोरो हुँ म!

*२०५५ साल देखि तत्कालीन भुमिगत माओवादी बिध्यार्थी संगठनको सदस्यता बाट राजनीतिक यात्रा गरियो!

*२०५६ सम्म स्कुलेे अध्यन र अर्धभुमिगत बिध्यार्थी संगठनको ईकाई संगठनको अध्यक्ष जिम्मेवारी बहन गर्दै २०५६ को दैलेखको चुप्रा बजारको स्कुल परिक्षा केन्द्र बाट SLC दिएर हिँडेपछि त्यो मेरो अन्तिम अध्यन थियो!

*२०५६ सालमै SLC दिएर २० दिन पछि घर फर्किदै गर्दा गस्तीमा रहेको प्रहरीको चेकअपमा

पर्दा तत्काल भुमिगत माओवादी बिध्यार्थी संगठनको रसिद मेरो ब्यागबाट प्रहरी खोस्यो र अनुसन्धान थाल्यो ! हैन यो रसिद कसैले मलाई फसाउन जिस्किएर मेरो ब्यागमा राखिदिएको हुन सक्छ भनेर कुरो मिलाए तर प्रहरीले थप अनुसन्धानको लागी एक रात कालिकोटको पाद्मघाट होटलमा निगरानीमा राख्यो!

*भोलीपल्ट बिहानै सँगैका साथीहरू उठेर हिँडे म त्यहि होटलमै बसिरहेँ प्रहरी टोलीले आएर मलाई प्रहरी चौकि लग्यो र भन्यो तिमी ईमान्दार साथ बस्यौ तर तिनिहरु भागे तिमी अब जाऊ अब हामी तिनिहरु तलास गर्छौँ! तर ऊल्टो थियो! उनिहरु ईन्डियाबाट कमाई गरेर आएका हरु थियो म रसिदको ठेली बोकेको बिद्रोही संगठित बिध्यार्थीको ईकाई अध्यक्ष नै थिएँ!

* घर जुम्ला पुगेपछि एक हप्ता भित्रै त्यतिबेला को चर्चित नेता परान बहादुर धरला टेक कमरेलाई भेटेर मेरो बिध्यार्थी संगठनको भुमिका र जिम्मेवारी बारे बताएँ र उहाँ खुसी हुँदै मेरो बिध्यार्थी ले पनि युद्धको संगठनको मोर्चामा प्रवेश गरेछ भनेर हौसला बढाऊनु भो! ३ देखि देखि ५ कक्षा सम्म प्रावि राँका स्कुलमा मलाई पढाऊने शिक्षक गुरु पनि हुनुहुन्थ्यो शहिद परान बहादुर धराला!

*२०५७ मा मलाई औपचारिक रुपमा भुमिगत हुन उहाँले मलाई भन्नुहुन्थ्यो तर दाजु हामीबाट अलग अलग हुनुभएको ले र पारिवारिक अभिभारा म माथि भएकोले अर्धभुमिगतबाट नै संगठन बाट सहयोग गर्ने अठोट गरेँ! तर प्रहरी पिछा गर्न थाल्यो डरले म भागेर ईन्डियाँ गएँ ३/४ महिनापछि फर्किएँ! प्रहरी गस्तिको खोजतलासको तिब्रताले मलाई घरमा बस्ने सुरक्षित अवस्था थिएन! अर्धभुमिगत रहेर कहिले कतै कहिले कतै लुकेर पनि भुमिगत पार्टीका नेताहरूलाई सहयोग गरिरहेँ!

* २०५८ श्रावण तिर हामी फुपुको छोरा भाई र मैले सल्लाह गर्यौँ प्रहरीको खोजी तिब्र छ घरपरिवार पनि डराऊन थाले कि ईन्डिया जाऔँ कि भुमिगत नै भन्ने सल्लाह गरेर घरबाट भागेर मुगु जिल्ला पुगेर औपचारिक भुमिगत घौषणा गर्यौँ!

*२०५८ देखि मुगुमै पार्टीको औपचारिक सदस्यता लिएर कार्यक्षेत्र बनाएर पार्टीको बिभिन्न तहको जिम्मेवारी ACM, ACS, DCM हुँदै २०६२ सम्म मुगुमै पार्टी निर्माण लाग्यौँ! *२०६२/०६३ सालको जनआन्दोलन काठमाडौंमा सहभागी भएर सफलता हासिल गरेर राजतन्त्र ढालेर काठमाडौं बाट लगत्तै कार्यक्षेत्र फर्कियौँ!

*२०६३ जनमुक्ति सेना कम्पनी फर्मेशनको राजनीतिक कमिसार हुँदै छैटो नयाँ बिर्गेड कार्यलयमा बटालियन कमिसारको जिम्मेवारी हुँदै औपचारिक शान्ति सम्झौता अनमिनसँगको सम्झौता पश्चात् राजनीतिक कमिसार हरु सेना फर्मेशनमा नरहने निर्णय सँगै सबै तहका राजनीतिक कमिसारहरु एक साथ राजनीतिक फिल्ड आ आफ्नो गृह जिल्ला फर्कियौँ!

*२०६३ मै जिल्ला जुम्लामा पार्टी जिल्ला कमिटि सचिवालयको जिम्मेवारीमा रहँदा केही नेतृत्व अवसरवादी अराजकहरुसँगको वाद विवादमा मैले बिर्दोह गरेर पहिलोपल्ट जिम्मेवारबाट राजिनामा दिएर १ बर्ष जति साईलेन्ट बसेँ र २०६४ को निर्वाचनमा म ईन्डिया तिर गएर बसेँ त्यो समयसम्म मैले आफ्नो भोटरकार्ड सम्म बनाएको थिएन!

*२०६४ को निर्वाचन पछि ईन्डियाबाट फर्किएपछि केही जिम्मेवारी नेताहरू कमरेड प्रकाण्डको आग्रहमा पुन: पार्टीमा सक्रिय रहँदै २०६४-०६९ सम्म काठमाडौंमै रहेर गणतान्त्रिक मञ्चको विभिन्न भुमिकामा रहेर काम गरेँ!

*२०६९ मा माओवादी पार्टी प्रचण्ड- बैधको बिभाजनमा कसैको पक्षमा नलागी फुटको बिरुद्ध मा तटस्थ रहेँ १ बर्ष सम्म नयाँ अध्यन र योजना गरेँ!

२०७० सालमा जनजागरण पार्टी निर्माण र त्यसको सँस्थापक साथै जनजागरण पार्टीको स्थायी समितिको जिम्मेवारी साथै सोही पार्टीबाट टर्चलाईट चुनाव चिन्हबाट २०७० को निर्वाचनमा समानुपातिक संबिधान सभा सदस्यको उम्मेदवार बनी चुनावमा होमिएँ! त्यसबेला सिँगो कर्णालीको जिम्मेवारी अवसर थियो! देशभरीमा गरि एऊटा सांसद पायो त्यसमा अध्यक्ष लोकमणी ढकाल लाई मानिनिय सांसद बनायौँ र संबिधान निर्माणमा सहभागी बन्यौँ!

*२०७२ को संबिधान जारी पछि ए माओवादी बाट डा. बाबुराम भट्टराईले पार्टी छोडेर नयाँ शक्ति पार्टी निर्माण गर्नुभयो हामी पनि जनजागरण पार्टीबाट अधिकांश साथीहरू मेरै नेतृत्वमा नयाँ शक्ति पार्टीमा एकीकरण गर्यौँ! नयाँ शक्तिमा अधिकांस नयाँ आगन्तुकहरुको उक्साहटमा डा. बावुराम भट्टराईले जनयुद्धका सबै उपलब्धि र औचित्य अब सकियो भनेर कम्युनिस्ट सिद्धान्त त्याग गर्ने निर्णय लिनुभयो! त्यसबाट हामी सबैले त्यसको बिरोध गर्यौँ माओवादी धार र नयाँ धार बिभाजित भयो! माओवादी धार जति देवेन्द्र पौडेलको नेतृत्वमा अधिकांस नेता कार्यकर्ता माओवादीमै फर्किनु भो हामी तटस्थ बस्यौँ नयाँ शक्ति समाजवादी अभियान शुरु गर्यौँ!

*२०७५मा माओवादी र एमालेको एकता बनेर नेकपा बन्यो तर त्यहि १/२ बर्षमै भत्कियो हामीले भनेका थियौँ यो सिद्धान्तमा नभएर स्वार्थमा भएको एकताको नाटक टिक्दैन भनेर त्यतिबेला नै भनेका थियौँ! जे भन्यौँ त्यस्तै भयो!

*२०७७ मा निरास अनुहारमा प्रचण्डले अलग भएका सबै माओवादी हरु एकठाऊँमा आऊनुपर्यो संविधान खतम हुन लाग्यो भनेर आवहान गर्नु भो! पहिलो कार्यक्रम पेरिसडाँडामा पुर्वजनमुक्ति सेनाका पार्टी बाहिर रहेका हरु सँग कार्यक्रम राख्नु भो र हामी सहभागी भयौँ त्यो बेला बडो भावुक स्वरमा हामीले लडेर ल्याएको संबिधान एमाले कांग्रेस ले खारेज गर्ने षड्यन्त्र गर्दैछन् हामी सबै माओवादी हरु एकजुट भएर रक्षा गर्नु पर्यो भनेर भावुक स्वरमा टुटफुटको सबै जिम्मा म लिन्छु सबैलाई मिलाएर एकतामा ल्याऊँने प्रतिबद्धता गर्छु तपाईं हरु आफ्नो घरमा फर्किनुहोस् भनेर अनुरोध गर्दा आवश्यक तयारी साथ आठौ महाधिवेशन पछि २०७९ बैशाख ०८ गते राष्ट्रिय मुक्ति आन्दोलन पार्टीको समुहबाट मेरो नेतृत्वमा एकीकरण भयौँ!

*२०७९ को एकीकरण को समयमा मेरो जिम्मेवारी माओवादी केन्द्रमा पार्टी केन्द्रीय सदस्य र महासचिव परशुराम गिरिलाई बैकल्पिक केन्द्रीय सदस्यमा र बाँकी हरुलाई प्रदेश र केन्द्रीय बिभागको जिम्मेवारीमा समाहित गर्ने भनिएपनि एकता पश्चात् पदाधिकारी को बिवाद नमिलेकोले अहिले स्थानिय निर्वाचन का लागि प्रदेश सदस्य कै भुमिका गैदिनुस् निर्वाचन पछि पदाधिकारीको बिवाद मिलेपछि तपाईं हरुलाई सहमति कै जिम्मेवारीमै कायम गरिने छ भनियो तर १ बर्ष सम्म त्यो कार्यान्वयन भएन!

*निरन्तरको ताकेता पछि केन्द्रीय सदस्यमा सहमति गरेको मलाई बैकल्पिक केन्द्रीय सदस्य बनाईएको रहेछ तर मलाई छ ६ महिना सम्म जानकारी गराईएन २०८० को प्रथम बिधान सम्मेन बाट मात्र म बैकल्पिक केन्द्रीय सदस्य भएको जानकारी कार्यालय बाट थाहाँ पाएँ र बिधान सम्मेलन यता निरन्तर यस्तै छलकपटको राजनीतिक नगरौं भनेर आवाज उठाउन थालेँ!

*म जस्तै सयौंको यस्तै पार्टीमा नीति नेतृत्व र बिधिमा परिवर्तनको आवज दविएर बसेको थियो! पदाधिकारी तहबाट तत्कालीन उपमहासचिव जनार्दन शर्मा र राम कार्कीले पिडित कार्यकर्ता आवाज र पार्टीमा रुपान्तरण विधि पद्धतिको बिकास गरौँ भन्ने चर्को आवाज उठेपछि यो पछिल्लो नयाँ कोर्स बदलिएको हो!

*२०८२ भाद्र २३ र २४ मा जेनजी आन्दोलनले हामी ले पार्टी भित्र ऊठाऊँदै आएको नेता र पार्टी रुपान्तरण आन्त्रिक र बाहिय सुशासन पुस्तान्तरण र नेतृत्व हस्तान्तरण को आवाज को पुष्टि गरिदिएको छ!

*जेनजी आन्दोलनको पक्षमा र जेनजीको अभिभावक हुँ भन्दै जेनजी आन्दोलनको मर्म उदेश्य बिपरित फेरि भ्रष्ट्रहरु थुपारेर बृद्ध आश्रम खोलेर रेलको यात्रा भन्दै माओवाद छोडेका प्रचण्डले अझ केही समय नेतृत्व र सत्ता मोहको अराजनीतिक हर्कत देखाएको ले जनार्दन शर्माको नेतृत्वमा हामी परिवर्तन कारी सयौं योद्धा हरुले प्रचण्डबाट सम्बन्ध बिच्छेद गरेर प्रगतिशील राष्ट्रिय अभियान हुँदै जेनजी युवाहरुको नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेर अघि बढ्ने हिम्मत र आँट गर्न सफल भएका छौँ ! हामी एकथान पार्टी निर्माण होइन देश निर्माण अभियानमा छौँ! आऊनुहोस् पुरातनवादी दासत्वको पिँजडा बाट मुक्त भएर स्वतन्त्र र निश्पक्ष ढंगले राष्ट्र निर्माण अभियानमा हातेमालो गर्ने आँट गरौँ!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button