हामी सबै मिलेर, आफ्ना आ–आफ्ना विश्वासलाई सम्मान गर्दै, एक अर्काको हात थामेर अघि बढ्न सकौँ—यही हो सुन्दर, सामूहिक र प्रेमपूर्ण नेपालको बाटो संयुक्त नागरिक पार्टी

संयुक्त नागरिक पार्टी अध्यक्ष दलमरदन कामी

राजनीतिले अभियानले भोट प्राप्त गरेर संसद वा मन्त्री बन्ने मात्र होइन, देशका आम नागरिक, हरेक समुदायको मन, विश्वास र सम्मान पनि जित्नु सक्नुपर्छ। त्यसमा पनि एउटा इशाइले गर्ने राजनीति अत्यन्तै असल, इमानदार र उदाहरण हुनुपर्छ । जुन व्यक्ति नुन र ज्योतिको रूपमा उदाहरण , त्यो नेतृत्वले इसाई समुदाय होस् वा कुनै पनि धर्म–समुदाय, सबैलाई समान दृष्टिले सुन्ने, बुझ्ने र मनपराउने प्रयत्न गर्नु राजनीतिक परिपक्वताको सुन्दर रूप होभने सबै धर्म समुदाय वा आम नागरिकमा इशाइ जीवन जिउने सामाजिक राजनीतिक नेताकार्यकर्ता उदाहरण बन्नुपर्छ ।

यदि कुनै पार्टीले इसाई समुदायको समर्थनको आशा राख्छ भने, सबैभन्दा पहिला उनीहरूको आस्था, अस्तित्व ,अधिकार, पहिचान र समाजप्रति गरेको योगदानलाई हार्दिक सम्मान गर्नुपर्छ। ख्रिष्टिय प्रेम,नम्रता,धैर्यता ,परिपक्वता साथ समझदारी र परस्पर विश्वासका सुत्रले सबै तपाइ हामी बीच वास्तविक नाता गाँसिन्छ।

हाम्रो देश विविधतामा सुन्दर छ—हिन्दू, इस्लाम, इसाई, बौद्ध, किराँत, आदिवासी जनजाति, सबै संस्कृतिहरू मिलेर बनेको साझा बगैंचा। जहाँको राष्ट्रिय गितको भावना र यथार्थमा यहाँ कुनै फूल कम धेरै हैन; सबैको सुगन्धले नै देशको सुन्दरता बन्छ। भलै त्यो बगैंचा अनेकौं फुल हुन्छन् एउटा झकिझकाउ फुलेले धेरैको मन चुम्नु सफल हुन्छ त्यस्तै इशाइ आस्थामा रहेका जसले सामाजिक राजनीति काम गर्दै छन उनले त्यो बगैंचा भित्रको सुन्दर झैँ बन्नुपर्छ अर्थात उदाहरण बन्नुपर्छ ।

त्यसैले, राजनैतिक दलहरूले पनि भोटको आशा मात्र होइन, एकता, सम्मान र सहअस्तित्वको भावनालाई ह्रदयबाट अँगालेर अगाडि बढ्नुपर्छ। जब प्रेम र सम्मानको बाटो अपनाइन्छ, तब कुनै समुदायको मन जित्न अलगै प्रयास गर्नै पर्दैन मन स्वयं नै खुलिन्छ।

हामी सबै मिलेर, आफ्ना आ–आफ्ना विश्वासलाई सम्मान गर्दै, एक अर्काको हात थामेर अघि बढ्न सकौँ—यही हो सुन्दर, सामूहिक र प्रेमपूर्ण नेपालको बाटो। हामी संयुक्त नागरिक पार्टी का हरेक नेताकार्यकर्ता सकेसम्म असल गर्ने छौ यहाँहरुको साथ सहयोग प्राथनाको निम्ति अनुरोध छ ।हामीले गर्ने राजनीति बिश्वास आशा प्रेममा रहेर आस्था अस्तित्व र अधिकार सुनिश्चितता गर्दै समाज समुदाय र राष्ट्रको बिकाश र समृद्धि हो । यस महान यात्रामा हजुर लगायत सम्पुर्ण आदरणीयजन हरुमा साथ सहयोग समर्थ एक्यवद्धताको निम्ति आह्वान समेत गर्दछु ।🤝❤️🇳🇵

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button