राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं, फागुन २५ गते।

राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो। मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो। राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलको समर्थन रहेको थियो।

राष्ट्रपति निर्वाचनकै दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदान गर्ने उम्मेदवारको नाम नखुलाए पनि राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी भयो। नेपाली कांग्रेसले फागुन १३ गते शनिबार पार्टीका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित राष्ट्रपतिलाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ।

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button