हिन्दू भगाऔ, देश बचाऔ” भन्ने नारा सुन्दैमा रिस उठ्छ? त्यसो भए प्रश्न नारा होइन, कारण हो
सुरज नेपाली

- “हिन्दू भगाऔ, देश बचाऔ” भन्ने नारा सुन्दैमा रिस उठ्छ? त्यसो भए प्रश्न नारा होइन, कारण हो।
नेपालमा कोही मुस्लिम, कोही आदिवासी, कोही दलित किन यति आक्रोशित भयो कि उसले यस्तो नारा लगायो?
के यो अचानक आयो? कि वर्षौंदेखि थिचिँदै आएको डरको विस्फोट हो? समस्या हिन्दू धर्म होइन।
समस्या धर्मलाई राष्ट्रको मालिक बनाउने राजनीति हो।
समस्या एक धर्म राष्ट्र भन्ने सोच हो। समस्या अल्पसंख्यकलाई सधैं प्रमाणित गरिरहनुपर्ने नागरिक बनाइनु हो। जब “हिन्दू राष्ट्र” को नारा उठ्छ,
त्यो बेला मुस्लिम, बौद्ध, किरात, इसाई, दलितले एउटा सन्देश पाउँछन् “यो देश तिमीहरूको होइन।”
त्यही सन्देशको प्रतिक्रियामा नारा कडा हुन्छ।
भाषा बिग्रिन्छ। तर दोष केवल नारा लगाउनेलाई थोपरेर
आफूले बनाएको डरको संरचनाबाट उम्किन पाइँदैन।
सिधा कुरा गरौं हिन्दू जनता देशका शत्रु होइनन्
मुस्लिम जनता देशका शत्रु होइनन् धर्मलाई सत्ता बनाउने राजनीति नै देशको शत्रु हो यदि आज “हिन्दू भगाऔ” भन्ने नारा गलत लाग्छ भने भोलि “नेपाल हिन्दू राष्ट्र हो” भन्ने नारा पनि त्यत्तिकै गलत ठान्न सक्नुपर्छ।

नत्र यो आक्रोश अझ गहिरिन्छ र त्यसको जिम्मेवारी नारा लगाउनेले होइन, डर पैदा गर्नेहरूले बोक्नुपर्छ।
देश बचाउने हो भने धर्मको नाममा देश कब्जा गर्ने सपना त्याग्नुपर्छ। नेपाल सबैको हो। कुनै एक धर्मको बपौती होइन।

