मध्यरातमा घोषणा गरिएको मार्शल कानुन घोषणा खारेज भएपनि हटेन अन्योल, राष्ट्रपति विरूद्द महाअभियोग लगाउने तयारी!

दक्षिण कोरिया

मध्यरातमा घोषणा गरिएको मार्शल कानुन घोषणा खारेज भएपनि हटेन अन्योल, राष्ट्रपति विरूद्द महाअभियोग लगाउने तयारी भइरहेको छ।

राष्ट्रपति युन सुक येओलले हिजो घोषणा गरेको मार्शल कानुन करिब छ घन्टापछि बुधबार हटाएका छन्।मार्शल कानून खारेज गर्ने संसदको निर्णयपछि उनि खारेज गर्न बाध्य भएका हुन् ।तर अब उनले के गर्छन् हेर्न बाकीं छ । सांसदहरूको राष्ट्रिय सभामा नै रहेका छन् ।

दक्षिण कोरियामा राजनीतिक तनाव तीव्र बनेको छ।जहाँ मुख्य विपक्षी दल, डेमोक्र्याटिक पार्टी अफ कोरियाले राष्ट्रपति युन सुक-योललाई राजीनामा दिन वा महाभियोगको सामना गर्न आग्रह गरेको छ। यो माग राष्ट्रपति युनले लोकतान्त्रिक मुलुकमा छोटो समयका लागि मार्सल कानुन घोषणा गरेको विवादास्पद निर्णयपछि आएको हो।

करिब ४० जना सांसदहरूले बुधबारसम्म राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्ताव राख्न तयार भएका छन्।

यो घटनाले दक्षिण कोरियामा गम्भीर संवैधानिक र राजनीतिक संकट निम्त्याउन सक्छ। राष्ट्रपति युन र उनको प्रशासनले यसमा कसरी प्रतिक्रिया जनाउनेछन्, तथा संसद र जनताबीच यसको प्रभाव कस्तो रहनेछ, यो हेर्न महत्वपूर्ण हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button