ऋषि कपुरको अन्तिम संस्कार

बलिउड नायक ऋषि कपुरको मुम्बइको चन्दनवाडीमा अन्तिम संस्कार गरिएको छ । उनको ४ बजे अन्तिम संस्कार गरिएको हो ।

अन्तिम संस्कार अगाडि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्‍याइएको थियो । उनको अन्तिम संस्कारमा २४ जनामात्र उपस्थित थिए ।उनकी श्रीमती नीतु कपुर, छोरा रणवीर कपुरको साथमा नायक सैफअली खान, नायिका करिना कपुर, नायक अभिषेक बच्चन लगायत अन्तिम संकारमा उपस्थित थिए ।

उनको अन्तिम संस्कारमा छोरी रिद्दिमा भने उपस्थित हुन सकिनन् । उनी, दिल्लीबाट मुम्बई उनको कारमा आउनेछिन् । ऋषिको विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको हो । उनको आज बिहान उपचारका क्रममा निधन भएको थियो । ऋषिको ६७ वर्षको उमेरमा निधन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button