कांग्रेसले कांग्रेसलाई नै सिध्याउँदैछ

भुवन भट्ट
कांग्रेसले कांग्रेसलाई नै सिध्याउँदैछ सुदूरपश्चिमको बैतडी जिल्ला दोगडा केदार गाउँपालिकामा लामो समयदेखि नेपाली कांग्रेसमा कार्यरत स्थानीय नेता भानदेव भट्टलाई त्यहीकै स्थानीय कांग्रेसहरूले सिध्याउन खोजेको कुरा प्रष्ट हुन आएको छ। उनी आफ्नो नेपालगञ्जमा पढिरहेको छोरालाई स्कुलको फिस बुझाउनको लागि जाँदै गरेका थिए। र उनी लामो समयदेखि व्यापारिक पृष्ठभूमिका व्यवसायी पनि हुन्। सोही क्रममा चुनावको एक दिन अगाडि उनलाई बैतडीकै नेपाली कांग्रेसका मानिसहरूले सहयोग गरेन भनेर जालझेल गरी फसाएको कुरा प्रष्ट हुन आएको छ। भानदेव भट्ट एक स्थानीय नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय सदस्य दुईपटक वार्ड अध्यक्षमा समेत उठिसकेका समाजसेवी नेता हुन् एउटा व्यवसायीसँग नर्मल्ली ७०/ ८० हजार हुनु कुनै ठूलो कुरो होइन। त्यहीसँग पनि उनको अध्ययनरत छोरा नेपालगञ्जमा इन्जिनियरिङ पढिराखेको र निजलाई त्यहाँको कलेजको फीस जरुरत भएकोले गर्दा बैक मा जम्मा गर्न गइरहेका थिए तर अचानक पछाडिबाट सुनियोजित ढंगले प्रहरी पठाई उनीसँग भएको पैसा भ्रामक भयो भने उहाँलाई चरित्र हत्या गर्ने गरी पक्राउ गरी दुःख दिने कार्य भएकोमा उहाँ खेत प्रकट गर्नुभएको छ। सो क्रममा प्रहरी कार्यालय बैतडी बुझ्दा पनि निज सग 70/80 हजार रुपया रहेको र निज सग नेपाली कांग्रेसको पम्प्लेटहरु पनि रहेको खुल्न आएको छ। नेपाली कांग्रेस स्वयंले मलाई सहयोग नगरी नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्यो भने निजलाई फसाइएको छ उहाँले आफ्नो निर्वाचनको समयमा दुईदुईपटक वार्ड अध्यक्ष उठ्दा कहिले पनि पैसा बाँड्नुभएन यद्यपि उहाँले हार बेहोर्नुभयो। भने अहिले अरु साथीहरूको लागि पैसा बाँड्ने कुरा त परको कुरा हो। यहाँबाट प्रष्ट हुन्छ कि भट्ट कती इमान्दार छन् भन्ने कुरा किनभने उनले आफ्नो चुनावी मैदानमा दुई दुई पटक वार्डको वार्ड अध्यक्षमा हार बेहोर्दा पनि उनले नेपाली कांग्रेसको नीति सिद्धान्त मा अडिक इमान्दार रहदै व्यावसाय गरिरहेको बुझिन आएको छ।




