रबी ओड र बिपना अधिकारीको “कुर्सी तानातान” नयाँ भिडियो सार्वजनिक

काठमाडौं  १ असार २०७८

बिपना अधिकारीको आफ्नै अफिसिल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत ‘कुर्सी तानातान’ को भिडियोमा रवि ओड, राजेश बर्देवा, शिला क्षेत्री र प्रिति शर्माको अभिनय रहेको छ ।

पछिल्लो समय नेपाली लोकदोहोरी गीतहरुले समग्र बजार तताइरहेको छ । को’भिड 19 को त्रा’स एकातिर छदै छ तरपनी कलाकारहरूले सुरक्षित तवर बाट आफ्नो दर्शक श्रोताहरुको लागि नयाँनयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा गायिका बिपना अधिकारी र अर्का सर्जक तथा गायिका प्रतिभा चापाईले समसामयिक बिषय वस्तुलाई समेटेर नयाँ गीत “कुर्सी तानातान” सार्वजनिक गरेका छन् ।

रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारको आवाज रहेको उक्त देशप्रेमी गीतमा शब्द रचना प्रतिभा चापाई तथा एल पी धमलाको रहेको छ। उक्त “कुर्सी तानातान” मा राजेश बर्देवाको संगीत रहेको छ। शिला क्षेत्री को निर्देशन रहेको भिडियोलाई अनिल विष्ट (प्यूठानी) ले छायांकन र सम्पादन गरेका हुन् ।

लिक् तल दिइएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button