कोभिड महामारीका बेला भैरहेको रगतको अभावलाई कम गर्न सम्पुर्ण रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन हुन धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वड को आवहान

मोतीराम चैाधरी/ तारा भट्ट धनगढी,१ जेठ

आज जेठ १ देखि नियमित रुपमा सुरक्षित रक्तदान कार्यक्रम शुरु गरिएको छ । यो कार्यक्रम सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा हुने भएको हो।

 

आजबाट कोभिड अन्त्य नहुदा सम्मको लागि सुरक्षाको सम्पुर्ण मापदण्ड अपनाई रक्तदान कार्यक्रम आयोजना गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कोभिड संकटको बेला रगतको अभावमा कसैको उपचारमा समस्या नआओस भन्नका लागि सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेश अध्यक्ष बिनय लामाले बताए । कोभिड महामारीका बेला भैरहेको रगतको अभावलाई कम गर्न सम्पुर्ण रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन हुन धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले बताए ।

धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम भैरहेको अध्यक्ष लामाले बताए ।कार्यक्रममा सुदूरपश्चिममै सबैभन्दा धेरैपटक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्यायले कोभिड महामारीका बेला बिरामीलाई आवश्यक पर्ने रगतको जोहो गर्नका लागी गरिएको रक्तदान कार्यक्रममा सहभागिता जनाइदिन आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button