वडा सदस्य भट्ट अवैध काठ सहित पक्राउ

मानबहादुर चौधरी कञ्चनपुर ३० जेठ

जिल्ला समन्वय समिति कञ्चनपुरले काठ तस्करीमा जनप्रतिनिधि पक्राउ गरिएको घट्ना सम्बन्धी जानकारी लिने भएको छ । समन्वय समितिका प्रमुख फैरु तामाङ्गले जनप्रतिनिधि तस्करीमा देखिनु दुुःखद भएकाले घट्नाको सत्यतथ्य बुझिने बताए ।

बेदकोट नगरपालिका १० का वडा सदस्य डम्बर भट्ट केही दिन अघि अवैध काठ सहित पक्राउ गरिएका थिए । वडा सदस्य भट्टको घर नजिक गाडिएको अवस्थामा २१ दशमलव २२ क्युफिट काठ भेटिएको छ । बेदकोट नगरपालिकाले अहिलेसम्म यस’bout धारणा सार्वजनिक गरेको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले घर नजिक अवैध रुपमा गाडिएको काठ सहित वडा सदस्य भट्टलाई पक्राउ गरिएको थियो । अहिले उनी निकुञ्जको हिरासतमा छन् ।

यस्तै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा रहेको जैविक मार्गमा पर्ने रूख मापदण्डबिना नै काटिएका छन् । डिभिजन वन कार्यालयले काटिएका रूखमा छपानसम्म नगराएर रूखहरू काटेको स्थानीयको आरोप छ ।स्थानीयवासीका अनुसार जैविक मार्गमा पर्ने १४ वटा सालका रूख काटिएका हुन् । नगरपालिकाले चुरेफेदीमा निर्माण गरेको जैविक मार्गमा पर्ने साललगायतको रूखहरू कटान भएको स्थानीय बताउँछन् ।

‘घरमा लगाएको रूखसमेत छपान गरेर मात्रै काटिन्छ तर चुरेफेदीका रूखहरू प्रक्रियासमेत नपुर्‍याएर धमाधम काटिए,’ सोही क्षेत्रका स्थानीय इन्द्र साउदले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्बन्धित कर्मचारीलाई कारबाही गरिनुपर्छ ।’डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले जैविक मार्गमा पर्ने केही रूखहरू हावाहुरीले ढलाएको र तिनै रूखहरू संकलन गरिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button