नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल–बेलायत–भारतबीच भएको त्रिपक्षीय सन्धिविपरीत रहेको

काठमाडौं २ असार

ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भारतीय सेनामा नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहको बताएका छन् । नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल–बेलायत–भारतबीच भएको त्रिपक्षीय सन्धिविपरीत रहेको समेत उनले उल्लेख गरेका छन्

“नेपाली युवतीहरुलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन,” नेपालले भने,“यौन शोषण र मनोरञ्जनका लागि मात्र हो ।”

उनले गोर्खा भर्ती सम्बन्धमा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता ‘गोर्खा जवान’ भनेर पुरुषलाई मात्रै इङ्गित गरिएको बताए । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भर्ती खुदाउनु गम्भीर विषय रहेको उनको टिप्पणी छ ।

“नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरंगनाका रुपमा कहलिएको अवस्था पनि होइन । त्यसैले यौन शोषणबाहेक अरु उद्देश्य हुनै सक्दैन,” नेपालले भने ।

भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत् बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

भारतीय सेनामा नेपाली महिला खोज्नु यौन शोषण र मनोरञ्जनका लागि मात्र हो

Please follow and like us:
error0
fb-share-icon15
Tweet 20
fb-share-icon20

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button