ओलीले अक्षम्य अपराध गरेकाले उनले सिंगो पार्टी र देशसँग माफी माग्नुपर्ने

काठमाडौं

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले अध्यक्ष केपी ओलीलाई सन्की नेताको संज्ञा दिएका छन् । चौधरीले अध्यक्ष ओली सन्की मात्र नभएर भ्रष्ट नेता भएको आरोप पनि लगाए । ‘म नेपाली कांग्रेसको संसद होइन, तैपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । यसको जिम्मेवार सन्की नेता केपी ओली नै हुन्,’ उनले भने ।

आफूहरूले कुनै गल्ती नगरेको बरु उल्टै ओलीले अक्षम्य अपराध गरेकाले उनले सिंगो पार्टी र देशसँग माफी माग्नुपर्न बताए । ‘हामीले कांग्रेसलाई सरकारमा लगेको होइन एउटा भ्रष्ट, सन्की र लोफर प्रधानमन्त्रीको बिदाइ गरेका हौँ,’ चौधरीले भने । उनले देउवालाई विश्वासको मत दिएकाले आफूहरू सरकारमा सहभागी हुने बताए । उनले लोकतन्त्रलाई सुदृढ गर्न र संविधान बचाउन एमाले पनि सरकारमा छिट्टै सहभागी हुने बताए ।

पार्टीलाई छिन्नभिन्न पारेकाले आफूहरू ओलीविहीन एमालेको पक्षमा रहेको बताउँदै उनले अब ओलीलाई नेता मान्न नसकिने बताए । एमालेको एकता कायम राख्ने हो भने ओलीले संसदीय दलको नेता र अध्यक्ष दुवै छाड्नुपर्ने चौधरीको माग छ । ओलीलाई नेता मान्नु भनेको नेपालबाट कम्युनिस्ट पार्टीलाई सिध्याउनु भएको उनको भनाइ छ ।

केपी ओलीसँग कुनै एजेण्डा नभएकाले अब त्यहाँ रहेका नेताहरू पनि माधव नेपाल र झलनाथ खनालको नेतृत्वमै आउने उनले दाबी गरे । ‘ ओली समूहमा रहेका केही नेताहरूले विद्रोह नै गरिसकेका छन् । अब यो क्रम अझ बढ्छ,’ उनले भने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button