कोरियामा सम्पन्न गैर-आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशन धादलि, विधि विधान विपरीत र बलमिचाइ तरिकाले गरिएको थियो

कोरियामा भएको एनआरएनए केही समूहले गएको अधिवेशन चाहिँ नियम विपरीत भएको दाबी गरेका छन्।

प्रेस विज्ञप्ति

आदरणीय कोरिया वासि नेपाली दाजुभाई तथा दिदिबहिनीहरू,

2023-07-30 मा सम्पन्न गैर-आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशन धादलि, विधि विधान विपरीत र बलमिचाइ तरिकाले गरिएको थियो ।

• परराष्ट्र मन्त्रालय, नेपाली राजदूतावास दक्षिण कोरिया, एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष तथा सल्लाहकारज्यूहरूले उक्त महाधिवेशन विधि विधान र विपरीत भएको र त्यसलाई सच्चाउन अन्यथा यो निर्वाचन र कमिटी अमान्य हुने विषय उल्लेख गर्दागर्दै यो निर्वाचन गराइयो । फलस्वरूप नयाँ कमिटी गठन भयो । जुन कमिटीलाई NRNA-ICC केन्द्र र परराष्ट्र मन्त्रालयले हालसम्म पनि MOU गरेको अवस्था छैन । त्यसैले उक्त कमिटी अवैधानिक, विधि विधान विपरीत र सामान्य नियमसंगत पनि नभएकाले गैर-आवासीय नेपाली संघ दक्षिण कोरियाको गरिमा र प्रतिष्ठा कायम राख्न विधि विधान र नियमसंगत NRNA-ICC केन्द्रका अध्यक्ष विनोद कुवरको प्रमुख आतिथ्य र सचिव जुनु गुरुङको विशेष आतिथ्य तथा कोरियामा भएका विभिन्न राजनीतिक दल, प्रदेश कमिटी, जिल्लागत संस्थाहरू लगायत अन्य सबै समुदायको उपस्थिति र रहोवरमा मिति 2023-October-02 मा दक्षिण कोरियाको राजधानी सउलस्थित निक ट्राभलको हलमा सम्पन्न भएको हो ।

• यो सिलसिला यतिमै सकिँदैन । गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA-ICC) पनि दुई भागमा विभाजित थियो । एनआरएनए मुलधारको नेतृत्व विनोद कुवरले गर्नुभएको थियो भने अर्को पक्षको नेतृत्व तीन जना अध्यक्षले गरेका थिए । कुल आचार्य, बद्रि केसी, रबिना पौडेल ।

• एनआरएनको विधि विधान विपरीत रातारात तीनवटा अध्यक्ष बनाइएको र संस्थाको विधान विपरीत गतिविधि गरेकाले यसको मुद्दा सर्वोच्च अदालतमा पनि परेको थियो ।

• त्यसपछि NRNA मुलधारको कमिटी शेष घले संरक्षक र विनोद कुवर अध्यक्ष रहेको नेतृत्वका कमिटीहरू विभिन्न देशमा निर्माण हुन थाले । दक्षिण कोरियामा पनि निर्माण भयो, जसको अध्यक्ष विपिन कुमार गुरुङ हुनुभयो । दक्षिण कोरियामा रहेर NRNA का बाँकी गतिविधिहरू विपिन कुमार गुरुङको नेतृत्वमा अगाडि बढाउने क्रममा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको कारण हामीले समय सान्दर्भिक गतिविधि अगाडि बढाउन सकेनौं । फलस्वरूप, मुद्दा परेको झण्डै एक वर्षपछि मिति 2080-12-21 मा सर्वोच्च अदालतको संयुक्त इजलासले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को 078/10/1 मा सम्पन्न 81 औं बैठकले गठन गरेको उच्चस्तरीय समिति यथावत् कायम राख्ने र त्यसपछिका सबै गतिविधिलाई खारेज गर्दै गैर-आवासीय नेपालीहरूको साझा संस्थाका रूपमा रहेको एनआरएनमा उत्पन्न सम्पूर्ण गतिरोधलाई निकास दिनका लागि डा. शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति ब्युँताएको थियो ।

‘संघलाई एकताबद्ध र गरिमायुक्त बनाई लैजाने उद्देश्यका लागि संघका पूर्व अध्यक्ष डा. शेष घले, उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, श्रीराम प्रताप थापा र कुमारप्रसाद पन्त लगायतका संघलाई जन्माउन र पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू संलग्न एक उच्चस्तरीय समिति गठन भएको, सो समिति गठन गर्ने सम्बन्धमा कुनै विवादसमेत भएको नदेखिएकाले सो बिन्दुसम्म उक्त संघ विधि, विधान, नियम र प्रक्रियासम्मत तरिकाले ऐनको उद्देश्यअनुरूप गैर-आवासीय नेपालीहरूको पारस्परिक सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले साझा मञ्चको रूपमा रही आएको भनी मान्नुपर्ने,’ सर्वोच्चको आदेशमा भनिएको थियो । र 6 महिनाभित्र एकता महाधिवेशन गर्न आदेश दिएको थियो । साथै परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रीस्तरीय निर्णय गरी शेष घलेलाई सर्वोच्च अदालतको 2080-12-21 गतेको आदेशको ‘बुँदा नम्बर ‘क’ देखि ‘ङ’ सम्म कार्यान्वयन गराउन पत्रचार पनि गरिएको छ ।

उक्त उच्चस्तरीय समितिले आफ्नो काम गर्न सुचारु पनि गरिसकेको छ । त्यसै सिलसिलामा एकता महाधिवेशन सम्पन्न नहुनजेलसम्म विभिन्न देशमा गठित NRNA-NCC हरुलाई बराबर अधिकार दिएर आफ्ना कार्य सञ्चालन गर्न पत्रचार भइसकेको छ । जसअनुसारको पत्र हामीले मिति 2025-01-20 मा प्राप्त गरेका थियौं । सोहीअनुरूप हामीले गतिविधि अगाडि बढाइरहेका छौं ।

तर दक्षिण कोरियामा अवैधानिक रूपमा गठन भएको चिर निन्द्रामा बसेको अर्को समूहका व्यक्तिहरूले हाम्रो कार्यक्रमलाई असफल पार्न हास्यास्पद विज्ञप्ति निकालेर भ्रमको खेती गरेर नालायकीपन देखाएका छन् । हामी उनीहरूलाई सर्वोच्च अदालतको मिति 2080-12-21 को आदेश, परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रीस्तरीय निर्णय गरी शेष घलेलाई सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन पत्राचार र डा. शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले NRNA-NCC हरुलाई हालै पठाएको पत्र पढ्न अनुरोध गर्दछौं ।

दक्षिण कोरियामा काम गरेर खाने श्रमिक र विद्यार्थीका दुःखद समस्याहरूको कुनै हिसाबकिताब छैन । विभिन्न तरिकाले अपचलन भैरहेको छ । NRNA लाई बदनाम गर्ने कार्य भइरहेको छ । यसको हिसाबकिताब पनि हामी छिट्टै माग्ने छौं ।

त्यसैले दाजुभाई तथा दिदिबहिनीहरू,

उक्त समूहले निकालेको विज्ञप्ति निराधार, पूर्वाग्रही र साँघुरो मानसिकताको उपज भएको र हामीले आयोजना गरेको सम्मान कार्यक्रम निम्न मिति र स्थानमा भव्य रूपमा सम्पन्न हुने जानकारी गराउन चाहन्छौं ।

साथै, तपाईंहरूको उपस्थिति उत्साहजनक रहने अपेक्षा पनि गरेका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button