पास्टर केशवराज आचार्यलाई मात्र होइन सबै पास्टर हरु लाई जेल हाले हुन्छ पा.सुसील भट्ट महासचिव राष्ट्रिय खी्ष्टीयन मण्डली महासंघ नेपाल

काठमाण्डौं । प्रशस्त कटनी मण्डली पोखराका पास्टर केशवराज आचार्यलाई धर्म परिवर्तनको मुद्धामा जिल्ला अदालत डोल्पाका जिल्ला भ्रष्ट  न्यायाधिश केशबराज चपाईको इजलासले २ वर्ष जेल कैद र २० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ ।आज मंगलबार धर्म परिवर्तनको मुद्धामा पास्टर आचार्यलाई जिल्ला अदालतका  न्यायधीश केशवराज चपाईको एकल इजलासले २ वर्ष जेल कैद र २० हजार रुपैया जरिवानाको फैसला सुनाएको हो ।

धर्म परिवर्तनको मुद्धामा डोल्पा जिल्ला अदालतका भ्रष्ट  न्यायधीश केशवराज चपाईको फैसलाले अल्पसंख्यक धार्मिक समुदायमाथिको दमन , विचार अभिव्यक्तिको स्वतन्त्रता नभएको र घोर अन्याय भएको  राष्ट्रिय खी्ष्टीयन मण्डली महासंघ नेपालका महासचिव  पास्टर सुसील भट्टले बताउनु का साथै किन पास्टर केसब लाइ मात्र जेल हालेको नेपाल का सबै पास्टर हरु लाई जेल हाले हुन्छ सबै पास्टर हरु ले धर्म कै प्रचार प्रसार गर्छन् हिन्दु मुस्लिम जैन बैाद्द सबै धर्म का अगुवा हरुले धर्म कै प्रचार प्रसार गर्छन् सबै लाइ जेल हाले हुन्छ सबै बेरोजगार पनि छन् भन्दै आक्रोश व्यक्त  गर्नु भएको छ । साथै जनजागरण पार्टी नेपाल एपी मसिहा पार्टी लगायत विभिन्न राजनीतिक दल समाजसेवी हरुले समेत आपत्ति जनाउनुभएको छ।

कास्कीको पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यलाई पोखरा महानगरपालिका-२९ पावर हाउसबाट धर्मको नाममा कोरोना भाइरसबारे भ्रामक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत २०७६ चैत्र ११ गते पक्राउ गरेको थियो । भने कास्की जिल्ला अदालतबाट गत २०७६ बैशाख ३१ गते धरौटीमा रिहाइ भएका आचार्यलाई मुलुकी अपराध संहिताको दफा १५८ को धारा १ र २ बमोजिम २०७७ जेठ ११ गते धर्मपरिवर्तन सम्बन्धि मुद्धामा पक्राउ गरेर प्रहरीले डोल्पा पु-याएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button