उन्तीसौं आत्मिक यात्रा दैनिक कार्यक्रम एवम् धन्यवाद सेवा सम्पन्न

शंकर दत्त/ काठमाडौं
28 वर्षदेखि लगातार रूपमा आत्मिक यात्रा दैनिक नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका आर्च विशप डा. नारायण शर्मालाई खदा लगाइदिनको साथै बधाई पत्र, फुलगुच्छा प्रदान गरेर सम्मान जनाइयो। तिनको बधाई पत्र बिनेस थापाले पठन गरेका थिए। किशोर त्रिखत्रीले सञ्चालन गरेको कार्यक्रममा विनेश थापाद्वारा भजन गीतमा अगुवाई गरेका थिए भने बाइबलबाट वचन पाठ रेभरेन्ट फादर लाडुप लेप्चाले गरेका थिए,
कार्यक्रममा रुथ कार्कीद्वारा नृत्य, एलिना सिलालद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण अनि कार्यक्रमको उद्देश्य विषयमा किशोर त्रिखत्रीले प्रकाश पारे। कार्यक्रममा आत्मिक यात्रा रेडियो नेपाली कार्यक्रमको पुरानो श्रोताहरूमध्ये बबिता मुखियाले आफ्नो रेडियो कार्यक्रम सुन्दाको अनुभवहरू बाँडे। यसैगरी आत्मिक रेडियो नेपाली दैनिक कार्यक्रम सुनेर प्रभु येशुलाई पाएको विषयमा विनेश थापाद्वारा नेपालबाट आएका युवती सृजनासित अन्तर्वार्ता प्रस्तुत गरेका थिए। आजको कार्यक्रम विषयमा फादर डेभिड राई र विनेश थापाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराए। Copy/Dr.Bishop Naran Shama