एन.सि.एफ. नेपालले गर्नु पर्ने पहिलो तीन कार्यहरु

पास्टर किरण दास

किरण दास

सन् १६०० पछि मात्र उत्तरी भारतमा रहेका जेसुईटस मिसनेरीहरुले तिब्बत जाने मार्ग नेपालको भुमिलाई बनाए पछि सुसमचारको विऊ छर्ने काम पहिलो पटक नेपालमा भएको अडकल गर्न सकिन्छ । फादर जोन काबरल नै हुन पहिलो ख्रीष्टियन जो सन् १६२८ तिर नेपाल खाल्डोमा आएका थिए । नेपाल खाल्डोका राजा रजौटहरुसंग निकट सम्बन्ध राख्ने यि मिसनेरीहरुलाई नेपालमा बालाईने र लखेटिने कार्यहरु १७ औं शताब्धिको मध्यभाग सम्म नै लगातार चलि नै रहयो । नेपालका राष्ट्र पिता राजा पृथ्वि नारायण शाहको नेपाल एकिकरणको सफलता पछि १७६९ फेब्रोवरी ४ का दिन नेपालमा भएका सबै मिसनेरीहरु र साथमा ६० जना नेपाली ख्रीष्टियन दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि राजा पृथ्वि नारायण शाहद्धारा देश निकाला हुनु प¥यो । फादर जोसेफको नेतृत्वमा नेपालमा रहेका सम्पुर्ण ख्रीष्टियनहरु भरतमा प्रवास जिवन विताउन बाध्य बनिए । फलस्वरुप , सुसमचार तथा मण्डलीको लागी सन् १७६९ देखि १९९० सम्म लगभग २२१ वर्ष नेपाल ख्रीष्टियनहरुको लागी अन्धकारको युगमा बन्दि रहिरहयो । तर परमेश्वरको आफ्नो काम भने कहिले रोकिएन । भारतमा प्रवास जीवन विताई रहेका ख्रीष्टियन विर हाम्रा अग्रजहरु, “प्रभु जी अर्जी हाम्रो सुनिलेऊ गोर्खालिले मुक्ति पाउने ढोका खोलि देऊ ।” भन्दै नेपाल भारतको सिमानामा दिनौ घोडा टेक्दै नेपाल मातसभुमिका लागी निरन्तर गरेको प्रार्थनाका फलहरु हौं हामीहरु आज ।

सन् १७६९मा मिसनरीहरु देश निकाला भएका थिए । लगभग १७१ वर्ष लाग्यो नेपल भारतको सिमानामा प्रार्थना गर्न र गोरखालिको निम्ति मुक्तिको ढोका खोलिन् । किनकि सन् १९५० मा आएर फेरी मिसनरीहरुले वैधानिकरुपमा नेपाल प्रवेश प्राप्त गरें । परमेश्वरले आफ्नो समयमा आफ्नो काम गरि रहनु भयो, जसको प्रतिफल भुमिगत अवस्थामा नै सन् १९५२ मा पहिलो प्रोटेस्टेन्ट मण्डली पोखरामा रामघाट मण्डलीको स्थापना भयो । पास्टर गुरुबा डेविड मुखिया नै नेपालका प्रथम प्रोटेस्टेन्ट मण्डलीका पहिला पास्टर हुनु हुन्छ । सुसमचार प्रचार तथा मण्डली स्थापनाको काम गैरकानुनी नै थियो तर पनि परमेश्वरले आफ्ना अभिषेक जनहरुद्धारा महिमाको कार्य निरन्तर गरिरहनु भयो । सन् १९५८ मा नेपाल ख्रीष्टियन संगती (एन.सि.एफ) को स्थापना भयो जसको आवश्यक्ता महसुस गर्ने र दर्शन देख्ने अगुवा गुरुबा पास्टर डेबिड मुखिया नै यसको पहिलो अध्यक्ष बन्नु भयो । यसै कारण पनि एन.सि.एफ. नेपाल नेपाली ख्रीष्टियन ऐतिहासको लगभग ६६ वर्ष भन्दा पुरानोमात्र होईन तर यसको ऐतिहासीक परिकल्पना त धेरै पुरानो छ । नेपाल ख्रीष्टियन संगती नै हाल आएर राष्ट्रिय मण्डली संगती नेपाल हुन पुग्यो । परमेश्वरद्धारा स्थापित सुसमचार प्रचार तथा मण्डली स्थापनाको सेवामा एन.सि.एफ. एक मात्र मण्डलीहरुको परिवार अर्थात एक घर हो जसले नेपाली ख्रीष्टियन तथा नेपाली मण्डलीहरुको सहि पहिचान दिन सक्दछ ।

सन् १९९० सम्मको पंचायती जाहानिय शाही शासनकाल नेपाली मण्डलीहरुको लागी दुखत समयमात्र होईन, मृत्युजन्य कष्ठ भोग्नु पर्ने अवस्था थियो । ख्रीष्टियन विश्वास अभ्यास गर्नु गैरकानुनी थियो । तर पनि नेपाली मण्डलीहरु जेल जिवन बिताउन पनि पछि नपर्ने अटल विश्वासमा बृद्धि भईसकेका थिए । नेपालको पुर्व मेची देखी पश्चिम महाकाली सम्म छरिएर परमेश्वरका निम्ति विश्वासमा जिवन विताई रहेका ख्रीष्टियनहरुलाई एकतामा बांध्नु , संगती दिनु , सुसमचार प्रचार गर्नु तथा मण्डली स्थापना र मिसनका काम गर्नु जस्ता कार्यहरु एन.सि.एफ.को मुख्य लक्ष्य तथा दर्शन बन्यो । किनकि ति दिनहरुमा ख्रीष्टियनहरुले आफ्नो पहिचान लुकाएर जिउनु पर्ने बध्यता थियो । साहेद ख्रीष्टियनहरुको संख्या थोरै भएर होला अधिराज्यभरका सम्पुर्ण ख्रीष्टियनहरु एन.सि.एफ.मा अटाउंद थिए । सम्पुर्ण मण्डलीहरुको एउटा मात्र आशा, विश्वास, संगती र अभिवावक बनेको थियो एन.सि.एफ. । नेपाली ख्रीष्टियनहरुको एक मात्र साझा संगती थियो एन.सि.एफ. । वर्तमान समयमा सुसमचार प्रचार, मण्डली स्थापना, अगुवा निर्माण तथा समाजिक सेवा जस्ता महत्व पुर्ण काम गर्दै मण्डली ऐतिहासको जग हाली आजको नेपालीहरुलाई यो वर्तमान परिवेशमा प¥ुयाउने एक मात्र नेपाली मण्डलीहरुको पहिचान हो एन.सि.एफ नेपाल । त्यसैले हामी कहां एउटै लक्ष्य र एउटै दर्शन छ ।

 

“शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्नलाई प्रयत्न गर ।” एफिसि ४ः३

अनुग्रह र आशिषका लगभग ६६ वर्षहरु विताउने क्रममा धेरै धेरै संघर्षका मैदानहरुमा सफलताहरु प्राप्त गरी आजको यो गौरवमय ऐतिहास कोर्न हामी आतुर छौं । तर हामीले बिर्सन हुदैन कि परमेश्वरको अनुग्रहको हात हामी माथि छदैछ तर पनि अबका आउंदा भविष्यहरु र त्यहां हुने चुनौतिहरुलाई हामीले सामन्य ठान्नसक्दैनौं । किनकि एन.सि.एफ. नेपाललाई परमेश्वरको सेवा गर्ने पवित्र स्थान ठान्नेहरु धेरै भए झै , व्यक्तिगत सेवा गर्ने र निजी फाईदा लुट्नेहरुको संख्या पनि थोरै छैन । त्यस कारण एन.सि.एफ. का आउंदा दिनहरु त्यति सहज छैनन् ,त्यति सजिला छैनन् ।

मण्डलीमा शान्ति छैन नत देशमा शान्ति हुने थियो । ख्रीष्टविना हामी शान्तिको कल्पना गर्न सक्दैनौं । पंचायती व्यवस्थाको अन्धकारमय युगमा भएको एन.सि.एफ.को जन्म र यसको दर्शन लक्ष्यलाई फर्किएर हामीले फेरी चिन्तन गर्नु वेश हुन्छ । र अब नयां कदम चाल्नु नै हामी सबैको बुद्धिमानीता हुनेछ । किनकि नेपाली मण्डलीहरुले एन.सि.एफ. नेपालमाथि ठूलो आशा र भरोसा रखेका छन् । राष्टलाई नेतृत्व प्रदान गर्न हामीले राष्टिय नेतृत्व समाल्नु पर्ने आवश्यकता प्रष्ट देखा परेको छ ।

नेपाल संघिय गणतन्त्र राज्य व्यवस्था भित्र पुगीसक्दा पनि नेपाली मण्डलीहरुले अझै धार्मिक स्वतन्त्रता पुर्णरुपमा प्राप्त गर्न सकेका छैनन् । राज्यले दिनु पर्ने धार्मिक राष्ट्रिय पहिचान नेपाली मण्डलीहरुलाई प्राप्त छैन । तसर्थ पुर्व मेची देखि पश्चिम महाकली सम्मका सम्पुर्ण मण्डलीहरुलाई एन.सि.एफ. ले आटाउन सक्नु पर्दछ , समेट्न सक्नु पर्दछ , शान्तिको बन्धनमा बांध्नु पर्दछ । राज्यमा ख्रीष्टियन मण्डलीहरुको सुरक्षीत पहिचान र पहुंच निर्माण गर्नु सक्रिय कदम चाल्नु पर्ने एउटा विषम चुनौति हाम्रा अगाडी खडा छ । यस चुनैतिलाई राजनितीक गन्ध बोकेर होईन तर ख्रीष्ट येशुको सुवास्ना लिएर राष्ट्रिय शान्तिका लागी अब दर्शन बनाउनु परेको छ ।

विभिन्न ख्रीष्टियन सम्प्रदायीहरुको अगमन र बिकास नेपालमा तिब्र गतीमा भईरहेको अवस्थामा नेपाली ख्रीष्टियन मण्डलीहरुको अपमान् हुने गरी झूट्टा शिक्षाहरु पनि नेपाली माझ मौलाई रहेका छन् । लामो कष्ट तथा सतावाटहरु झेल्दै निर्माण गरिएको ख्रीष्ट येशुको शरिर आज विभिन्न प्रकारका ख्रीष्ट बिरोधी शिक्षा र अभ्यासहरुको सिकार भई रहेको छ । ख्रीष्टको मण्डलीलाई तहस नहस गर्नका लागी पास्टर अगुवाजन तथा उनीहरुको परिवार माथि सैतानले ठूलो प्रहार गरिरहेको छ भने, उता मण्डलीहरुले ख्रीष्ट येशु प्रतिबिम्बित पास्टर तथा अगुवाहरुको खोजि गरी रहेका छन् । हग्गै अगम्बक्ताद्धारा परमेश्वरले बोल्नु भएको वचन, “तिमीहरुका आफ्ना आफ्ना चालको होशियार साथ विचार गर । यो मन्दिर भग्नावशेष भईरहेको देखेर पनि के तिमीहरु आफू चाहीं बुट्टेदार काठले सजाईएका घरहरुमा बस्ने समय यो हो र ?” (हग्गै १ः४–५) । मण्डलीका अगुवाहरुमा ख्रीष्टियन नैतिकता गुमेको छ, ख्रीष्टियन नाममा विकृतिहरु चुली चुली भएका छन् । ठुला मण्डली र साना मण्डली , ठुला पास्टर र साना पास्टर तथा सहरका मण्डली र गाउंका मण्डलीहरु विच अनावश्यक भिन्नता र अनाएकताको दुरी दृष्य तथा अदृष्य रुपमा तन्कीदै झन झन फराकिलो भईरहेको छ । यसैकारण सम्पुर्ण नेपाली मण्डलीहरुलाई एकताको बन्धनमा ल्याउनु पर्ने अर्को चुनौती हाम्रा सामु छन् । अब एन.सि.एफ. नेपालले वृहत छलफल गरि आफ्नो भविष्य कोर्न तर्फ ध्यान दिनु पर्ने बेला आईपुगेको छ ।

एन.सि.एफ. नेपालले गर्नु पर्ने पहिलो तीन कार्यहरु ः

१. एन.सि.एफ.नेपालको कार्य नितिमा परिवर्तन हुनुपर्दछ ।

स्रोत संस्थाको रुपमा विकास हुनुपर्दछ ।

प्रार्थना संजालको संचालन गर्नुपर्दछ ।

केन्द्रिय, प्रादेशिक र पालिका स्तरमा नेतृत्वहरुको क्षमता अभिवृद्धि गराउनु पर्दछ ।

दर्शन, मिसन, सिद्धान्त तथा विचारमा मण्डलीलाई प्रशिक्षित गर्दै लानुपर्दछ ।

२. एन.सि.एफ.नेपालको कार्यशैलिमा परिवर्तन ।

मिसनरी अभियानहरु संचालन गर्नुपर्दछ ।

सुसमचार प्रचार र मण्डली स्थापनामा सदस्या मण्डलीहरुलाई प्रोत्साहन गर्नुपर्दछ ।

आत्मिकी जगरण र बृद्धिको अभियान देश व्यापी संचालन गर्नु पर्दछ ।

२१औं सताब्दीका नेपाली मण्डलीको आवश्यकता अनुसारको नेतृत्व तथा पास्टर अगुवाहरुको निर्माण गर्नु पर्दछ ।

सर्वाग्रीण सेवाहरुको व्यवस्थापन गर्नुपर्दछ ।

विभिन्न विषय तथा क्षेत्रमा परामर्श तथा पैरवी सेवाहरु संचालन गर्नुपर्दछ ।

३. एन.सि.एफ.नेपालको कार्यलय व्यवस्थापन ।

कार्यालय सूचना प्रबाह केन्द्र पनि हो । नेपाली मण्डली र नेपाल सरकारले ख्रीष्टियन समुदायको सवालमा चाहेको सूचना हामीले प्रदान गर्न सक्नुपर्छ ।

हामी देश भित्र र देश बाहिर ख्रीष्टियन समुदायको लागि प्रतिनिधिमूलक संस्था पनि भएकोले हाम्रो भूमिका प्रभावकारी बनाउन योग्य नेतृत्व व्यवस्थापन गर्नुपर्दछ ।

अन्तराष्टिय सम्बन्ध विस्तार दिर्घकालिन रणनिति अनुसार गरिनु पर्दछ ।

प्रविधि मैत्री, दक्षता निर्माण विकेन्द्रिकृत व्यवस्थापन, सामुहिक नेतृत्व, पारादर्शीक अर्थनीतिको व्यवस्थापन अत्यन्त जरुरी छन् ।

एन.सि.एफ.नेपालले गर्नु नहुने तीन कुराहरु ः

१. गुठबन्धि नेतृत्वपन ः समग्रह नेपाली मण्डलीहरुको सेवा गर्न एन.सि.एफ.नेपालको स्थापना परमेश्वरले गर्नुभएको हो ।

२. पदाधिकारीहरुको निजी स्वार्थपुर्ति ः देशव्यापी मण्डलीहरुको सेवा गर्ने दर्शन र बोझ नेतृत्वले लिनुपर्दछ । यदि कोही अगुवा एन.सि.एफ.को पदाधिकारी बन्न चाहान्छ भने परमेश्वरको सेवा गर्ने स्वार्थ लिनुपर्दछ ताकि आफ्नो व्यक्तिगत ईच्छा पूरा गर्ने होईन ।

३. झूट्टा व्यक्ति तथा संस्थाहरुसंगको सहकार्य ः विगतमा धेरै संघ संस्थाहरु र व्यक्तिहरु एन.सि.एफ.सँग आवद्ध भए जसले नेपाली मण्डलीहरुलाई गलत दिशा तिर डोराउने काम गरें । नेपाली मण्डली विश्वासमा र विश्वासको अभ्यासमा पवित्र, इमान्दारी र सत्यतामा खरो उत्रनु आवश्यक छ ।

सन् १९९० को जनआन्दोलनमा जुन अवसर एन.सि.एफ.लाई प्रदान भएको थियो, त्यसलाई सठिक प्रकारले सदुप्रयोग गर्न हामी चुक्यौ । राज्यको अगाडी हामी उभिन सकेनौं । जसको कारण नेपाली ख्रष्टियन जगत प्रजातन्त्रको प्रभातमा पनि धमिलो अनुहार बनाएर बस्न बाध्य भयौं । त्यस पछि साना तिना अवसरहरुलाई प्रयोग गर्ने जमर्को त ग¥यौं तर खासै सफल भएनौ । २०६३ सालको दाश्रो जनआन्दोलन पछि हामीले अर्को मौका पायौं तर पनि फेरी हामी नराम्रोसंग चुक्यौ । किन यि राम्रा अवसरहरुमा एन.सि.एफ. सधै चुकिरहन्छ ? यसैकारण अब नयां रणनितीको खांचो छ जसका लागी एन.सि.एफ. ले बृहत छलफल तथा अन्तकृया गरी नयां कार्यनिती तथा कायैशैलि तयार गर्नु नित्यान्त आवश्यक छ ।

यस वर्ष नेपाली मण्डलीहरुले एन.सि.एफ. नेपालको लागि नयाँ नेतृत्व चयन गर्ने अवसर प्राप्त गरेको छ । यस अवसरलाई प्रार्थना सहित नयाँ पुस्ताका अगुवाहरुलाई नेतृत्वमा चयन गर्न तैयारी गर्नु आवश्यक हुन्छ । ख्रीष्टियन समुदायलाई राष्टिरुपमा नेतृत्व प्रदान गर्न अब नयाँ नेतृत्वलाई हामीले अगाडी सार्नुपर्नेछ । नैतिकवान, इमान्दारी, विश्वासमा दरिलो, दुरदर्शी, परमेश्वरको वचन सुझ र व्यवहारमा जीवन जिएको नयाँ पुस्ताका अग्रगामी नेतृत्वहरुको समुहलाई हामीले अब अगाडी नल्याईकन हामी केही गर्न सक्दैनौं । प्रार्थना र सहयोग हामी सबैजनाले स्थानिय तह देखि देशव्यापीरुपमा गरौं र अब एन.सि.एफ. नेपालको लागी नयाँ नेतृत्वलाई अगाडी बढाऔं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button