शिक्षक पन्त द्वारा निमुन मा वि खिमापुरका टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई न्यानो कपडा बितरण 

बैतडी

बैतडीको पुर्चौडि नगर पालिका वडा नं १ आफाला खिमापुर स्थित निमुन मा वि का नगर शिक्षक विजय राज पन्त द्वारा विद्यालय का टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ | विद्यालयमा अध्ययनरत १५\२०  जना टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई एक एक थान न्यानो कपडा आफ्नो व्यक्तिगत लगानिमा बितरण गरिएको हो | आज मंगलवार विद्यालयमा एक कार्यक्रमका बिच बितरण गरिएको शिक्षक निराजन भटृले जनाए ।

वि. व्य. स. अध्यक्ष अम्मर सिंह धामीको अध्यक्षता रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक मान बहादुर धानुकले गरेका थिए ।

प्रधानाध्यापक नर बहादुर धामीले कार्यक्रममा बोल्दै विद्यालयले हरेक आरोह अवरोह पार गर्दै आइरहेको र हरेक समयमा पन्तको साथ सहयोग संगै अतुलनीय योगदान रहेको र यो कार्य विद्यालयको लागि नया तर स्वागत योग्य रहेको र अगामी दिनमा आफुहरुले पनि साथ दिने बताएका थिए भने वि. व्य. स. अध्यक्ष धामिले पनि सम्मान योग्य काम रहेको र राम्रो कामको लागि सबैले लाग्नु पर्ने बताएका थिए ,

विद्यालयमा पानीको चुनौती देखिएकोमा विद्यालय लगाएत आफाला,खिमापुर, सुक्चोरी र सुर्जाङल गाउँका २५ घर परिवार लाई समेत पुग्ने गरि व्यक्तिगत रुपमा पहल गरि ७ किलोमीटर टाढा न्वादेउ बाट खानेपानी पुर्याएको स्थानीय नरदेव भटृले बताए ।

आफुले २०६५ साल देखि निजी शिक्षकको रुपमा कामगरि विद्यालयको विकास को लागि सकरात्मक रुपमा लागि रहेको र टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिको अवस्था कमजोर महसूस गरे पछि विद्यालय टिमको सकरात्मक सुझाव पाइ न्यानो लुगा वितरण गरको र अगामि दिन यस्ता कार्यहरु गर्ने पन्तले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button