अप्ठ्यारो मा परेको परिवार लाई राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल दाृरा सहयोग हस्तान्तरण

कृणादेबी राइ

राष्ट्रि्य खी्ष्टीयन मन्डली महासंघ नेपाल को संयोजन मा कोभिड संक्रमित भएर सदाका लागि सन्सार छोडेर जानुभएको मुना राइको परिवार लाई बिभिन्न ब्यक्ति पास्टर मन्डली समाजसेवी हरु ले पढाउनुभयको सहयोग रकम हिजो एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का सस्थापक अध्यक्ष डा.सुवास सुब्बा लिम्बु ले आफ्नो परिवार को तर्फबाट थप पचास हजार सहयोग गर्नु भएको थियो । साथै आमाको वाकी जिम्मेवारी छोरी को काँधमा आएको र आमा को सपना पुरा गर्न समेत उत्साह थप्नुभयको थियो। छोरी र बुवा भावुक हुँदै सहयोग रकम बुझिलिदै सम्पुर्ण सहयोगी मनहरु प्रति धन्यबाद दिदै भबिस्यमा समस्या मा परेको परिवार लाई सहयोग गर्ने उत्पेरणा जागेको छोरि प्रभा राइले बडो गम्भीर भएर भन्नु भयो।हाल प्रभा तेस्रो वर्षमा पिसियल नर्सिंग अध्ययन रत हुनुहुन्छ ।सो सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मुना राइ को सेवा उहाँले छोटो समयमै गरेको कामको समेत बिभिन्न ब्यक्ति हरुले मन्तब्य राख्नु भएको थियो।

जसमा राष्ट्रिय पास्टर काउन्सिल नेपाल को सस्थापक अध्यक्ष पास्टर जेबी शामुयल राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल का महासचिब पास्टर सुसिल भट्ट दिल गुरुङ, सन्चारकर्मी यवम संयोजक मार्था राइ श्याम कुलुङ राई लगायतले बोलेका थिए।अन्तमा राष्ट्रिय खी्ष्टीयन मन्डली महासंघ नेपाल को सस्थापक अध्यक्ष डा.सुवास सुब्बा लिम्बु ले यो पिडा परिवारको मात्रै नभएर हामि सबैको भएको ले सम्पुर्ण सहयोगी मनहरु प्रति धन्यबाद दिदै भबिस्यमा समेत यस्तो अप्ठ्यारोमा परेको परिवार लाई सहयोग गर्न आह्वान गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button