बिधा्लय खोल्न छलफल जोखिममा बालबालिका

कृष्ण देबी राइ /काठमाण्डौ

  • कोरोनाका कारण जारी निषेधाज्ञाले लामो समय देखी बन्द रहेको बिधालयहरु संचालन बारे छलफल गरिएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज विद्यालय तथा विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवाला संग छलफल गरेको हो । छलफलमा सरोकारवालाहरुले केन्द्रीकृत निर्णय गर्न नहुने, जोखिम कम भएका र विद्यार्थीको संख्या कम भएको स्थानीय तहका विद्यालयहरु खोल्न अनुमति दिनुपर्ने बताएको सीसीएमसीका प्रवक्ता नुरप्रसाद खतिवडाले जानकारी दिए ।

सहभागीमध्ये अधिकांशले लामो समयसम्म विद्यालय, विश्वविद्यालय बन्द गरिरहन विद्यार्थी र राज्यका लागि नै घाटा भएकाले विकेन्द्रीकृत निर्णय गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए । शिक्षासँग सम्बन्धित व्यक्तिहरुसँगको छलफलले शैक्षिक संस्था सुचारु गर्नका लागि स्थानीय तहले निर्णय गर्न सक्ने परिस्थिति बनाउन सहज हुने खतिवडाले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कम विद्यार्थी भएका विद्यालयका विषयमा सोच्न सकिने भए पनि बढी विद्यार्थी भएका विद्यालयलाई तत्काल खुलाउन अनुमति दिन नसकिने बताए छलफलमा सहभागीहरुले सय जनाभन्दा कम विद्यार्थी भएको, जोखिम क्षेत्र कम भएको स्थानमा विद्यालय खोल्न अनुमति दिनुपर्ने, उमेर पुगेका विद्यार्थी एवं शिक्षकलाई खोपको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । सिकाइलाई नियमित गर्न संघीय सरकारले मापदण्ड बनाइदिनुपर्ने पनि उनीहरुले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button