कैलालीको लालबोझीमा हुलाकी सडक नदीले बगायो

कैलालीको लालबोझीमा हुलाकी सडक नदीले बगायो जनतालाई सास्ती।

भजनी ३१ साउन/कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको छ ।बिहिबार रातीदेखि परेको भारी वर्षाबाट कान्द्रा नदीको बहाव बढेसंगै सो सडक बगाएको स्थानीयले बताएका छन । तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति ०६६÷६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाअन्र्तगतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो ।

स्थानीय लक्ष्मी चौधरीले भनिन –‘सरकारले बनाएको सडक बग्यो । अब हाम्रा घरखेत पनि बग्छन ।’ लालबोझीको झण्डै एक सय मिटर भन्दा बढी सडक बगाउँदा स्थानीयहरुले खेतमा बनाइएको आलीबाट हिड्डुल गरिरहेका छन ।स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए । बगाएको सडक देखाउँदै उनले भने –‘यो सडकबाट हिड्दा छोटो हुन्थ्यो । अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाँध्यता छ ।

उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए । उनले भने –‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको थियो । हुलाकी सडक शुरुमा केही कटान भइरहदा समेत तटबन्धन लगायतका कुनै प्रयास गरिएन् ।’ उनले समयमा सम्बन्धित निकायबाट तटबन्धनको गरिएको भए नदीले सडकमा क्षति नपुर्याउने बताए ।भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो ।

६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन । अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा अघि बढाइएको छ ।यस्तै, धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिंगरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ । कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको स्थानीयले आरोप लगाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button