गाेदावरी ईसाइ समाजकाे पाँचौ साधारण सभा सम्पन्न

विलियम सिंह , कैलाली

गाेदावरी ईसाइ समाजकाे पाँचौ साधारण सभा सम्पन्न भएकाे छ। साे साधारणसभाले आगामी ३ बर्षका लागी नयाँ कार्य समिति चयन गरेकाे छ। गाेदावरी नगरपालिका भित्र रहेका ३५ वटा चर्चहरुकाे प्रतिनिधि मुलक सभा मिलाप बप्तिस चर्च अत्तरिया, कैलालीमा सम्पन्न भएकाे थियाे । पाष्टर डेविट कैनीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत पारित गरियकाे छ। अध्यक्ष पाष्टर डेविट कैनी, उपाध्यक्ष पाष्टर धन बहादुर बि.क. सचिव पाष्टर खडक बि.क. सह सचिव पाष्टर विलियम सिं , काेषाध्यक्ष पाष्टर राजु साउंद र सदस्यहरु पाष्टर राम बहादुर थापा, पाष्टर खुसिराम चाैधरी, पाष्टर गाेविन्द सिं, अगुवा रुथ लामा, अगुवा लिला कुमारी देउवा रहेका छन। निर्वाचन उपसमितिमा पाष्टर देवराज भट्ट र पाष्टर ब्रिकेश सुनार रहनु भएकाे थियाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button