अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

मोतीराम चाैधरी/देवराज भट्ट सुदूरपश्चिम प्रदेश

हसुलिया, ११ असार ।रोटरी क्लब अफ धनगढीले कैलारी गाउँपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

रोटरी क्लब अफ धनगढीका पूर्व अध्यक्ष हरिशंकर ठाकुर र प्रेस प्रतिनिधि दीपक नेपालले आज गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीलाई कन्सन्ट्रेटर कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुग्ने भन्दै हस्तान्तरण गरे ।

रोटरी क्लब अफ धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग अभियान चलाएको थियो र नौ वटै जिल्लाका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिरहेको पूर्व अध्यक्ष ठाकुरले बताए ।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण अवसरमा गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोष चौधरीको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button